‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित

<span class='c1'>‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा</span> <span class='c2'>गुराँस ढकाल अनुबन्धित</span>

काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् । मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन् । अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन् ।
बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित हुने गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यका साथ निरन्तर सिकाइ, प्रशिक्षण र मेहनत गर्दै आएकी छन् । निर्देशक चौहानका अनुसार गुराँस सिनेमामा एक्लि अभिनेत्री हुन् । सिनेमाको पात्र अनुसार मिल्दो भूमिकामा फिट भएपछि बुधबार उनलाई निर्माण टिमले सिनेमामा अनुबन्धित गरेको हो । यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । निर्माण टिम अझै एक अभिनेताको खोजीमा छन् । अब एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुने निर्देशक चौहानले बताए । स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ । विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए ।

कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रीत ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् । सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने टिमको दाबी छ । असोज पहिलो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको सिनेमा भोलानाथ कटवालको लगानीमा बन्नेछ । हाल धमाधम प्रि–प्रोडक्सनको काम भैरहेको सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्