३५ वर्षपछि बङ्गलादेशमा राष्ट्रपतिको निर्वाचन हुँदै

<span class='c1'>३५ वर्षपछि बङ्गलादेशमा</span> <span class='c2'>राष्ट्रपतिको निर्वाचन हुँदै</span>

ढाका । बङ्गलादेशमा ३५ वर्षपछि पहिलोपटक प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचन हुँदै छ । देशको २३औँ राष्ट्रपति चयनका लागि बिहीबार संसद् भवनमा सांसदहरूले मतदान गर्नेछन् । सत्तारूढ बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र बङ्गलादेश जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्नेल ओली अहमदबिच प्रतिस्पर्धा हुँदै छ ।

निर्वाचनमा संसद्का ३४९ सांसदले मतदान गर्न पाउनेछन् । मतदान दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद्को मुख्य कक्षमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन अधिकृतले परिणाम घोषणा गर्ने कार्यक्रम छ । मतदान तथा परिणाम घोषणा प्रत्यक्ष प्रसारणसमेत गरिनेछ ।

बङ्गलादेशको ३५० सदस्यीय संसद्मा ३०० सामान्य र महिलाका लागि ५० आरक्षित सिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्