‘गौंथली’को ग्रस कमाइ पौने २६ करोड

<span class='c1'>‘गौंथली’को ग्रस कमाइ</span> <span class='c2'>पौने २६ करोड</span>

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।

बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् । यस्तै, अभिनेत्री नीता ढुंगानाको ‘पार्वती’ दोस्रो स्थानमा रहेको छ । उक्त फिल्मले १ करोड ५८ लाख ४८ हजार ३१६ रुपैयाँ ग्रस आम्दानी गरेको छ भने ५४ हजार ७३५ टिकट बिक्री भएका छन् ।

प्रियंका कार्कीको ‘मास्टर्नी’ले ४० लाख १५ हजार १९९ रुपैयाँ ग्रस आम्दानी गरेको बोर्डको विवरणमा उल्लेख छ । उक्त फिल्मका १२ हजार २१७ टिकट बिक्री भएका छन् । त्यस्तै, ‘हली’ फिल्मले आइतबारसम्म २३ लाख २४ हजार २७० रुपैयाँ ग्रस कमाइ गरेको छ । उक्त फिल्मका ८ हजार ५२५ टिकट बिक्री भएको बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण प्रदर्शन सुरु भएदेखि आइतबारसम्म प्राप्त आधिकारिक ग्रस आम्दानी र टिकट बिक्रीका आधारमा तयार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्