जेन्जी सहिदको सम्झनामा विराटनगरमा रोपिए ७६ बिरुवा

<span class='c1'>जेन्जी सहिदको सम्झनामा विराटनगरमा</span> <span class='c2'>रोपिए ७६ बिरुवा</span>

विराटनगर । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको सम्झना र सम्मानमा विराटनगरमा ७६ वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम गरिएको छ। गो ग्रीन विराटनगरको सहकार्यमा विराटनगर महानगरपालिका–८ का विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मान तथा उनीहरूको योगदानको स्मरण गर्दै ७६ वटा बिरुवा रोपिएको सामाजिक अभियन्ता मोहम्मद सम्साद आलमले बताए।

आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्यले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ। रोपिएका प्रत्येक बिरुवालाई आन्दोलनका क्रममा भएको त्याग र योगदानको सम्झनाका रूपमा संरक्षण तथा हुर्काउने प्रतिबद्धता समेत जनाइएको छ। वृक्षरोपण कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता , युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्