वर्ल्डलिंकद्वारा प्रधानमन्त्री कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

<span class='c1'>वर्ल्डलिंकद्वारा प्रधानमन्त्री कोषमा १ करोड</span> <span class='c2'>१ लाख रुपैयाँ सहयोग</span>

काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सरकारलाई १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकलाई राहत पुर्‍याउनुका साथै सरकारको उद्धार तथा पुनःस्थापना अभियानमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीको भनाइ छ।

वर्ल्डलिंकका जनसम्पर्क व्यवस्थापक विजय सिवाकोटीले विपद्को कठिन समयमा गरिएको सहयोगलाई आर्थिक योगदानमा मात्र सीमित नराखी मानवीय जिम्मेवारीका रूपमा लिइएको बताउनुभयो।

उहाँले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कम्पनीले विभिन्न माध्यमबाट निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको नेतृत्वमा वर्ल्डलिंकले विभिन्न संकट तथा विपद्का समयमा सामाजिक र मानवीय कार्यमा योगदान गर्दै आएको जनाएको छ।

कम्पनीले उद्धारमा साथ, राहतमा हात र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धतासहित आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्