काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

<span class='c1'>काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव नहुने</span> <span class='c2'>संघको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह</span>

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि बुलेटमार्फत ग्यास ढुवानीमा समस्या आएको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा क्षति पुगेको संघको भनाइ छ ।

सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौं, काभ्रे र धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीमा रहेका उद्योगमा लगेर रिफिल गरी काठमाडौं उपत्यकामा आपूर्ति गरिएको संघले जनाएको छ । संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुँदै आएको छ । पछिल्ला तीन दिनदेखि सोही मागअनुसार तराईका विभिन्न जिल्लामा सिलिन्डर रिफिल गरी उपत्यकामा बिक्री वितरण भइरहेको र आगामी दिनमा पनि थप सिलिन्डर रिफिल गरी नियमित आपूर्ति कायम राखिने संघले जनाएको छ ।

संघले विगतमा भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता संकटका समयमा समेत एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई निरन्तरता दिइएको स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्