नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे टनेलभित्र उद्धारमा सहज

<span class='c1'>नयाँ एक्स्काभेटरको प्रयोगले चिलिमे</span> <span class='c2'>टनेलभित्र उद्धारमा सहज</span>

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित चिलिमे टनेलमा उद्धार कार्य तीव्र पारिएको छ । टनेल क्षेत्रमा यसअघि इन्जिनियरहरूले प्रयोग गर्दै आएको रातो एक्स्काभेटर हटाएर अहिले हरियो एक्स्काभेटरबाट उद्धार तथा भग्नावशेष हटाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार नयाँ एक्स्काभेटरले काम छिटो र प्रभावकारी भएको छ ।

नयाँ एक्स्काभेटर प्रयोगमा ल्याएसँगै उद्धार टोली टनेलको नजिक पुगेको छ । लेदो, ढुंगामुढा एवम कंक्रिटका कारण उद्धार गर्न कठिन भइरहेकाबेला नयाँ एक्स्काभेटरमार्फत काम छिटो अघि बढेको छ । नयाँ टनेलभित्र फसेकाहरूको खोजीका लागि एक्स्काभेटरबाट अवरोध हटाउने काम धमाधम भइरहेको चौधरीले जानकारी दिए । यसैबीच उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङ पनि उद्धार कार्यको अनुगमन तथा समन्वयका लागि फिल्डमै सक्रिय देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्