काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्। उनको राजीनामासँगै मन्त्रिपरिषद्मा फेरबदलको चर्चा थप चुलिएको छ।
राजीनामाको कारणबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।