गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

<span class='c1'>गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा</span> <span class='c2'>उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले रसुवामा आएको विनाशकारी बाढीमा परी गोरखा पुगेका ५१ जनाको अवस्था अझै अज्ञात रहेको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुर्लाकोटीले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। बाढी प्रभावित परिवारलाई भेटेर फर्किएको उल्लेख गर्दै उनले आफ्ना छोराछोरी, दाजुभाइ तथा परिवारका सदस्य फर्किने आशामा धेरै परिवारका आँखा अझै बाटोतिर रहेको बताए। उनका अनुसार पालुङटार नगरपालिका–५ बाघखोर क्षेत्रबाट तीर्थयात्रामा गएका ३६ जनामध्ये बाढी देखेपछि बसबाट हामफालेर ६ जना बच्न सफल भएका छन् । बाँकी ३० जनामध्ये पाँच जनाको शव फेला परेको र अन्यको अवस्था अझै अज्ञात रहेको उनले बताए ।

उनले भने,‘आज पनि गोरखा प्रतीक्षामा छ । केही दिनको जिल्ला बसाइ सकेर फर्कंदै गर्दा बाढी पीडितको परिवार भेटेर आउँदा आफ्ना छोराछोरी, दाजुभाइ र परिवारका सदस्य फर्किने आशमा धेरै परिवारका आँखा अझै बाटोतिर भएको पाएँ । यो महाविपद्मा हजारौँको अवस्था अज्ञात छ । पीडित परिवारको घरघर पुग्दा आँखा थाम्न सक्ने अवस्था छैन । पालुङटार ५ बाघखोर क्षेत्रका तीर्थयात्रामा गएका ३६ जनामध्ये बाढी देखिसके पछाडि बसबाट हामफालेर ६ जना बच्न सफल हुनुभयो र बाँकी ३० मध्ये ५ जनाको शव फेला परेको छ। बाँकीको अवस्था अझै अज्ञात छ।’

बेपत्ता, उद्धार भएका तथा मृतकको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले विपद्मा फसेका तथा पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। त्यस्तै भेटिएका शवको तत्काल डीएनए परीक्षण गरी पहिचान गर्न थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गर्नुपर्ने उनले भने। बाढीपहिरो जस्ता जोखिमयुक्त क्षेत्रमा आगामी दिनमा बस्ती तथा सार्वजनिक संरचना निर्माण नगर्ने नीति लिनुपर्ने र जोखिमयुक्त क्षेत्रका नागरिकमा आवश्यक जनचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि सांसद बुर्लाकोटीले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्