आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

<span class='c1'>आज १ बजे</span> <span class='c2'>प्रतिनिधिसभाको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो ।

संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्