कांग्रेसका २४ केन्द्रीय नेताको सअपील-१५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ

<span class='c1'>कांग्रेसका २४ केन्द्रीय नेताको सअपील-१५औं महाधिवेशन स्थगित</span> <span class='c2'>गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ</span>

काठमाडौं । नेपाली कांग्रेसका २४ जना प्रभावशाली केन्द्रीय नेताहरूले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दी अन्त्य गर्दै पूर्ण एकताका लागि महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको तथा राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएको अवस्थामा पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिमै नकारात्मक असर पारेको भन्दै नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो आह्वान गरेका हुन्।

नेताहरूले नेपाली कांग्रेसको आन्तरिक कलहकै कारण समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन भइरहेको र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा आगामी १५औं महाधिवेशनमार्फत कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न वर्तमान पार्टी सभापतिका रूपमा गगन थापाको भूमिका विशेष महत्त्वपूर्ण रहने उल्लेख गरिएको छ।

नेताहरूले पार्टी सभापतिको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै दुवै पक्षबाट जारी गरिएका १५औं महाधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गर्न माग गरेका छन्। व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर पार्टीको बृहत् हितलाई केन्द्रमा राखी सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न वर्तमान नेतृत्वलाई दबाब दिइएको छ।

विगतका तिता–मिठा अनुभव र मतभेदलाई बोकेर बस्नुभन्दा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने निष्कर्ष विज्ञप्तिमा निकालिएको छ। यसरी संयुक्त रूपमा देश र पार्टी बचाउने सार्वजनिक अपील गर्ने नेताहरूमा महालक्ष्मी उपाध्याय (डिना), पार्टीको एकता अभियानमा लामो सयमदेखि सक्रिय नेता नैनसिंह महर, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही, मीन बहादुर विश्वकर्मा, रामहरि खतिवडा र सीता कुमारी राना रहेका छन्। त्यसैगरी सरस्वती बझिमय, मान बहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरुङ, शान्ति परियार, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौडेल, ललितजंग शाही, प्रदीप कुमार सुनुवार, इन्द्र बहादुर बानिया र अनिल रुंगटालगायतका नेताहरूले पनि यस विज्ञप्तिमा हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका छन्।

संवेदनशील घडीमा संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी एकताबद्ध र शक्तिशाली कांग्रेस निर्माणमा जुट्न सबै पक्षलाई भेटेरसमेत आग्रह गरिएको नेता महरले बताएका छन्। संयुक्त विज्ञप्ति जारी गरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामो समयदेखि देश र कांग्रेस जोडने अभियान थालेका नेता महरले भने, ’आजै हामीले सभापति गगन थापालाई भेटेर पार्टी एकताका लागि आग्रह गरेका छौं। छुट्टाछुट्टै शेरबहादुर देउवा, शेखर कोईराला , पूर्णबहादुर खडका ,शशांक कोइरालालगायत पार्टीका सबै शिर्ष नेताहरूलाई भेटेर एकताको पक्षमा उभिन आग्रह गरेका छौं। कांग्रेस बलियो भयो भने मात्र देश र लोकतन्त्र बलियो हुन्छ भन्नेमा हामी दृढ छौं,’ उनले भने। अहिलेको प्रमुख आवश्यकता नै एकतावद्ध कांग्रेस रहेको महरको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्