विराटनगर–१७ मटेर्वाका दुईघरमा सशस्त्रको छापा, चनाको दाल र केराउ ४१ बोरा नियन्त्रण

<span class='c1'>विराटनगर–१७ मटेर्वाका दुईघरमा सशस्त्रको छापा, चनाको</span> <span class='c2'>दाल र केराउ ४१ बोरा नियन्त्रण</span>

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलिले विराटनगर–१७ मटेर्वाका दुई घरबाट ४१ बोरा मटर तथा चनाको दाल बरामद गरेको छ । सीमा सुरक्षा गुल्म रानीका सशस्त्र प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश शर्माको कमाण्डमा खटिएको ३० जनाको टोलिले शुक्रबार बिहान मटेर्वाका मो.मुन्ना मियाँको घरबाट ११ बोरा केराउ र अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल तथा पाँच बोरा केराउ नियन्त्रणमा लिएर भन्सार बुझाउने प्रक्रिया थालेको हो ।

प्रहरीले नियन्त्रणमा लिइएको सामान भने मुन्ना मियाँका भिनाजु गुडडु मियाँको भएको स्थानीय एक जानकारले बताएका छन् । गुड्डु मियाँको सामान मटेर्वामा रहेका घरघरमा ल्याएर राखेपछि विस्तारै विराटनगरको बजारसम्म ल्याउने गरिएको छ । यहि नाकाबाट सवनम–सुरेशको सामान समेत आउने गरेको छ ।

भारतबाट अवैध रुपमा सामान भित्रिएको सूचना पाउना साथ सशस्त्र प्रहरी बलको टोलि त्यहाँ पुगेको थियो । त्यसपछि घर खानतलासी गर्दा चनाको दाल र केराउ बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्