विराटनगर किंग्सको ‘मिशन एनपीएल’ : भारतको गोरखपुरमा तालिम हुदै

<span class='c1'>विराटनगर किंग्सको ‘मिशन एनपीएल’ :</span> <span class='c2'>भारतको गोरखपुरमा तालिम हुदै</span>

विराटनगर असोज २०,

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै फ्रेन्चाइज टोली विराटनगर किंग्सले आफ्नो तयारीलाई तीव्रता दिएको छ। उपाधि जित्ने लक्ष्यसहित टोली विशेष बन्द प्रशिक्षणका लागि भारतको उत्तर प्रदेशस्थित गोरखपुर पुगेको हो।

गोरखपुरस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा जारी क्याम्पमा खेलाडीहरूले उच्चस्तरको पूर्वाधारमा नियमित अभ्यास तथा प्रशिक्षण गरिरहेका छन्। आसन्न सिजनलाई मध्यनजर गर्दै टोलीले प्राविधिक तथा रणनीतिक दुवै पक्षलाई बलियो बनाउन प्रशिक्षण केन्द्रित गरेको छ।

विशेष गरी टिम कम्बिनेसन, ब्याटिङ रणनीति, बलिङ भेरिएसन, आक्रामक फिल्डिङ तथा खेलाडीहरूको म्याच फिटनेसमा मुख्य जोड दिइएको छ। अन्तर्राष्ट्रिय स्तरको वातावरणमा खेलाडीहरूलाई मानसिक तथा शारीरिक रूपमा तयार पार्नका लागि यो वैदेशिक अभ्यास सत्र निकै फलदायी हुने टिम व्यवस्थापनले जनाएको छ।

एनपीएलको आगामी सिजनलाई प्रतिस्पर्धात्मक बनाउन अन्य टोलीहरूले पनि आन्तरिक तयारी तीव्र पारिरहेका बेला विराटनगर किंग्सले सीमावर्ती भारतीय सहर गोरखपुरमा क्याम्प राखेर आफ्नो तयारीलाई थप चुस्त बनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्