टिपरले ठक्कर दिएको एक युवकको उपचारका क्रममा मृत्यु

<span class='c1'>टिपरले ठक्कर दिएको एक</span> <span class='c2'>युवकको उपचारका क्रममा मृत्यु</span>

महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा पछाडिबाट आएको ना ७ ख २२९३ नम्बरको टिपरले औरही गाउँपालिका–२ स्थित सडकमा ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

टिपरको ठक्करबाट गम्भीर घाइते दुवैलाई उपचारको लागि काठमाडौँ लैजाने क्रममा छोरा भुवनको काभ्रेपलाञ्चोकको शिर मेमोरियल अस्पतालमा गएराति मृत्यु भएको प्रहरी उपरीक्षक लम्सालले बताए ।

त्यस्तै गम्भीर घाइते ज्ञामुको उपचार काठमाडौँस्थित बिएन्डबी अस्पतालमा भइरहेको तथा ठक्कर दिने चालक र टिपर इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्