विराटनगरमा ‘मुर्दोका शहर’

विराटनगरमा ‘मुर्दोका शहर’

विराटनगरको गुरुकुल शुसिला कोइराला नाट्यघरमा आज भारतका प्रख्यात कलाकार तथा पत्रकार प्रविण मुखर्जीले 'मुर्दोका शहर' नामक नाटक देखाएका छन् । नाटकमा हत्या हिसा लगायतका घटनाहरु र पत्रकार तथा नागरिकहरुमाथी हुने अन्याय र यातना तथा आक्रमणको विषयमा समेटिएको थियो । नाटकमा मुखर्जीले संसारका विभिन्न क्षेत्रमा भएको हिसांका दृश्यहरु मल्टिमिडियाबाट नाटक कै भागको रुपमा प्रस्तुत गरेका थिए । एक घण्टा समयको सो नाटक हेर्न विराटनगरका पत्रकार तथा विभिन्न पेशाकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त नाटक एक शो मात्र देखाइने विराटनगर गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताए । सो नाटक निःशुल्क देखाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्