धरानबाट लागूऔषधसहित एक युवा पक्राउ

<span class='c1'>धरानबाट लागूऔषधसहित एक</span> <span class='c2'>युवा पक्राउ</span>

सुनसरी, वैशाख १९ गते।

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला धनकुटा साँगुरी गाउँपालिका-४ बस्ने २४ बर्षिय रितेश कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट लागूऔषध एभील-५ एम्पुल, डाईजेल्याप-५ एम्पुल, लुपिजैसिक-५ एम्पुल, र स्पास्मोप्रोक्सिभन-८ ट्याबलेट बरामद गरेको छ। बरामद लागूऔषधसहित उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्