भारदहमा म्याजिक भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

<span class='c1'>भारदहमा म्याजिक भ्यानबाट खसेर</span> <span class='c2'>भारतीय नागरिकको मृत्यु</span>

राजविराज (रासस) । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो म्याजिक भ्यानबाट खसेर गम्भीर घाइते भएका मरिकको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यता म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्