~नानि भारद्वज
ऊ पेशाले पत्रकार । सधैँ ठाउँ ठाउँमा पुगेर समाचार संकलन गरी जनतालाई शुसूचित गर्नु उस्को नित्य कर्म थियो।यसरी समाचार संकलनका शिलशिलामा उ घर बाहिर महिनौँ दिन पनि हराउँथ्यो।
अधबैँसे युवती माँघे संक्रान्तिका दिन माइत जाँदै थिई।ऊ चढेको बसको रेडियोमा एउटा समचार आयो "आन्दोलनकारीहरुले चौकमा आन्दोलन् गरेकाले सडक अवरुद्ध, तोडफोड र आगजनी हुनाले यात्रीहरु अलपत्र।"
यो समचार आएपछि बसहरु धेरैबेर यथा स्थानमा रोक्किए।बाटो खुलाउन भनी प्रहरी बल गयो।जाँदा एउटा छिमेकीको भाले कुखुरोले अर्को छिमेकीको पोथीलाई ठुङ्गेको निहुँमा झगडा परेछ। त्यहि झगडामा एकअर्कालाई हात हालाहाल हुँदा एक जनाको मृत्यू भएछ र पीडित परिवारले क्षति पूर्ती नपाएको र शहीदको कोटामा नपरेकोले गर्दा यातायात अवरुद्ध भएको रहेछ।यो भेद खुलेपछि प्रहरी क्रुद्ध भई भुटुटु•••••अश्रु ग्याँस र गोली पड्कायो। दुई जनाको मृत्यू दर्जनौँ घाइते भए। स्थिति झन नियन्त्रण बाहिर पुग्यो।
यता लामो समय बस रोकिदा युवती समयमा माइत पुग्न सकिनन् । उता आमा चैँ छोरी आइपुगिन भनि पीर गर्न थालिन्। दम र उच्च रक्तचापकी बृद्ध आमा हिउँदको ठिहि जाडो र छोरी नआइपुगेको पीडाले छटपटाउन थालिन्।
यता अलपत्रमा परेकी युवती राती उछृङ्खल गुण्डाहरुको फन्दामा पर्छे।अस्मिता बचाउन नसकेकी निरिह युवती भोलिपल्ट त्यहि बसमा पुलिसको गोली लागि मृत्यु र घाइतेको समचार सँगै अर्को पनि समचार सुन्दछे "जाडोले कठ्याङ्ग्रेकी एक बृद्धाको हृदयघात भई मृत्यु ।"
आफ्नी आमाको नाम ठेगाना खुलेको समाचारले युवतीलाई सहि नसक्नु भयो "आमा !"भन्दै उ पनि भूइँमै शरण लिन पुग्छे।
पत्रकार बसमा समचार लिन आईपुग्छ।युवतीको शरीरलाई घुमीघुमी हेर्छ र "दिदी !" भनी डाको छोडेर रुन्छ।
"यो के गरेँ नि मैले ! त्यो विर्खेको भालेले भडारीको पोथीलाई ठूँगेको समचार चैँ नलेखेको भा पनि त हुन्थ्यो !" यसरी पछुतो मानी मानी अब चैँ पत्रकार त्यहि बसमा रुन थाल्यो।