विप्लव नेतृत्वको नेकपा माओवादीका सिरहा इञ्चार्ज पक्राउ परे

<span class='c1'>विप्लव नेतृत्वको नेकपा माओवादीका</span> <span class='c2'>सिरहा इञ्चार्ज पक्राउ परे</span>

उदयपुर, वैशाख २१ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ ।

विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो ।

बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

पक्राउ परेका राउतलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताए ।

एकहप्ता अघि विप्लव माओबादी उदयपुरका जनसरकार प्रमुख जीतबहादुर पुलामी मगरलाई पनि प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्