कारागारमा पिउने पानीको अभाव, कैदीबन्दी पिउने पानीबाट बञ्चित

<span class='c1'>कारागारमा पिउने पानीको अभाव,</span> <span class='c2'>कैदीबन्दी पिउने पानीबाट बञ्चित</span>

ओखलढुंगा, २३ वैशाख ।ओखलढुंगाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी पिउने पानीबाट बञ्चित भएका छन् । नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदिबन्दीले गुनासो गरेका छन् ।

महान्यायधिवक्ताको कार्यालयबाट गरिएको अनुगमनमा कैदीबन्दी हरुले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र जीर्ण भवनमा जोखिमपूर्ण तरिकाले बस्नु परेको गुनासो गरेका हुन् । संचारकर्मी र इन्सेक प्रतिनिधिसहितको टोलीले शुक्रबार कारागार अनुगमन गरेको हो ।  अनुगमनका क्रममा कैदीबन्दीहरुले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नभएको, साँघुरो ठाउँमा खापा लगाएर कोचिएर बस्नु परेको गुनासो गरेका थिए ।

महिला ५ र पुरुष २० गरी २५ जना क्षमता भएको वार्डमा अहिले पुरुषतर्फ ५१ र महिला ६ जना कैदीबन्दी रहेका छन् ।अनुगमनपछि कैदीबन्दीसँग कारागारका समस्याबारे छलफल गरिएको थियो । छलफलमा कैदीबन्दीले शौचालय दुई वटा मात्र भएकाले शौच गर्न समस्या भएको, मेस तथा सामान्य अभ्यास गर्नका लागि ठाउँ अभाव भएको गुनासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्