सांसदको पेट्रोल पम्पमा सिलबन्दी

<span class='c1'>सांसदको पेट्रोल</span> <span class='c2'>पम्पमा सिलबन्दी</span>

उदयपुर ,२३ वैशाख । सांसद प्रमिला राईले उदयपुरको त्रियुगा नगरपालिका–५, मा सञ्चालन गरेको सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ । केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खेमराज थापाले बताउनुभयो ।

उहाँका अनुसार पम्पबाट बिक्री गरिएको पेट्रोलको परिणाममा कमी भेटिएको थियो । राई कांग्रेसको तर्फबाट सांसद हुनुहुन्छ । त्यस्तै त्रियुगा बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ ।

गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र तराजु बिग्रेको र कृत्रिम तथा मापदण्ड विरुद्धको भेटिएर हो । गाईघाटको महालक्ष्मी सुन पसललगायत अन्य तीन वटा सुन पसलका सुन तौलने तराजु कृत्रिम र ठगी गर्ने किसिमको पाइएकाले तराजु काँटा जफत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्