विराटनगर, २४ बैशाख ।
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ को लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ। सगरमाथा आरोहणका क्रममा लेक लागेर विरामी परेका ४२ बर्षिय कुगा टाकाहिरोको उपचारकालागि पासाङल्हामु निकोल निकिल अस्पताल लुक्ला ल्याउने क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो ३ बजे बिरामी भएका उनको केही बेरमा नै ज्यान गएको प्रिदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । टाकाहिरो सगरमाथा आरोहणकालागि बैशाख १४ गते काठमाडौँको नेपाल एक्प्लोरेसन प्रा.लि. मार्फत नेपाल आएका थिए ।