बिराटनगर बैशाख १५ , लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा सर्लाहीको लालबन्दी र मोरङको बेलबारीमा दुई नयाँ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।
थप शाखाहरुसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।