संखुवासभाको अरुण तेश्रो काठमाडौँमा शिलान्यास ,१ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने

<span class='c1'>संखुवासभाको अरुण तेश्रो  काठमाडौँमा शिलान्यास</span> <span class='c2'>,१ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने</span>

काठमाडौं, २९ वैशाख– नेपाल र भारतका प्रधानमन्त्रीले स्विच थिचेर बहुप्रतीक्षित जलविद्युत आयोजना अरुण तेस्रोको शिलान्यास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार साँझ काठमाडौंबाटै स्विच थिचेर आयोजनाको शिलान्यास गरेका हुन् । दुवै प्रधानमन्त्रीले काठमाडौंबाटै शिलान्याश गर्ने गरी अरुण तेस्रोको निर्माणस्थल सङ्खुवासभाको मकालु गाउँपालिकाको नुममा पर्ने फयाक्सिन्दामा सबै तयारी गरिएको थियो ।

काठमाडौंमा दुवै प्रधानमन्त्रीले स्विच थिच्दा फयाक्सिन्दामा भिडियोमार्फत शिलान्याशको दृश देखिएको छ । शिलान्यासको औपचारिकतासँगै ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको कामले गति लिने  अपेक्षा गरिएको छ । 

भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएन (सतलज) कम्पनीले निर्माण गर्न लागेको आयोजनाका लागि प्रभावित क्षेत्रका नुम, पावाखोला, दिदिङ, पाथीभरा, मकालु र याफुका  २ सय ६९ परिवारलाई १ अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको जनाइएको छ ।

आयोजना निर्माणका क्रममा संखुवासभा जिल्लाका ६ गाउँ प्रभावित हुनेछन् । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि भारतीय कम्पनी सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि उक्त आयोजना नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालन हुने छ ।

आयोजना सम्पन्न गर्न १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्