घरमै पालेको कुकुरले शिशुको लिङ्ग खाएपछि‍….

<span class='c1'>घरमै पालेको कुकुरले शिशुको</span> <span class='c2'> लिङ्ग  खाएपछि‍….</span>

मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चालाई एक्लै छाड्दा उनको पाँचमहिने छोराको लिंग गुमेको छ ।

आँगनमा सुताएर आमा पानी लिन गएका वेला घरमै पालेको कुकुरले शिशुको लिंग खाइदिएको हो । ‘श्रीमान् बजार काममा जानुभएको थियो । घरमा खानेपानी थिएन । बच्चालाई आँगनमा सुताएर पानी लिन गएकी थिएँ,’ चेपाङले भनिन्, ‘आउँदा कुकुरले बच्चाको पिसाबफेर्ने अंग नै खाइसकेको थियो ।’ चेपाङकी पाँच वर्षीया छोरी पनि छिन् । मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिंगको अधिकांश भाग खाइदिएको छ ।

चेपाङले पहिलेदेखि नै कुकुर पाल्दै आएकी थिइन् । ‘शिशुलाई अस्पताल ल्याइपुयाउने समयमा पिसाबनलीसमेत देखिएको थिएन,’ पुरानो मेडिकल कलेज भरतपुरका युरोलोजिस्ट विभागका प्रमुख डा. सुदीपराज केसीले भने, ‘हामीकहाँ आँगनमा सुताएको समयमा बच्चाको पिसाबनली कुकुरले खाइदियो भनेर ल्याउनुभएको थियो । हामीले हेर्दा सिसाबनलीको माथिल्लो भाग थिएन । बाँकी भाग छालाले मात्र छोपेको थियो ।’ लिंगमा धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्छ । समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भएको डा. केसीले बताए । ‘सानो बच्चाको रगत कम हुन्छ ।

रगत बगे पनि मकवानपुरबाट तीन घण्टा हिँडेर जानुपर्ने ठाउँबाट हिँडेर आउनुभएको रहेछ । तर, यहाँ आउँदा रगत रोकिएछ,’ उनले भने, ‘हामीले तुरुन्तै उपचार गर्यौँ ।’ समयमै उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको उनले बताए । ‘बच्चाको प्रजननमा त समस्या नआउला । अहिले अप्रेसन राम्रो भएको छ । तर, बच्चालाई ठूलो भएपछि फेस हुन गाह्रो हुन सक्छ । हामीले बनाएको पिसाबको नली साँघुरो भएर पिसाब फेर्न अप्ठ्यारो हुन सक्छ । यौनसम्पर्कको समयमा पनि त्यति सन्तुष्टि नमिल्न सक्छ,’ डा. तिमिल्सिनाले भने, ‘बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ ।’ तर, अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।भरतपुर अस्पतालले रिफर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको छ । मेडिकल कलेजका चारजना चिकित्सकको टोलीले पिसाबनलीको सफल शल्यक्रिया गरेको हो । ‘हाम्रो चिकित्सकको टोलीले बच्चाका प्रजनन र पिसाबनलीको अप्रेसन ग(यौँ । अहिले बच्चाले पिसाब पनि गरेको छ । प्रजनननलीको शल्यक्रिया पनि राम्रै भएको छ,’ उनले भने, ‘अहिले बच्चालाई रेबिजविरुद्धको सुई लगाएका छौँ । बच्चा स्वस्थ छ ।’ अहिलेसम्म यस्तो किसिमको उपचार नगरेको डा. केसीले बताए । उनका अनुसार विश्वमै नौलो घटना भएको हो । बच्चाको पिसाबनलीबाट पिसाब पनि भएको छ ।

तर, पछि गएर प्रजनन स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेको बताउँछन्, उपचारमा संलग्न डा. भूषणराज तिमिल्सिना । ‘बच्चाको प्रजननमा त समस्या नआउला । अहिले अप्रेसन राम्रो भएको छ । तर, बच्चालाई ठूलो भएपछि फेस हुन गाह्रो हुन सक्छ । हामीले बनाएको पिसाबको नली साँघुरो भएर पिसाब फेर्न अप्ठ्यारो हुन सक्छ । यौनसम्पर्कको समयमा पनि त्यति सन्तुष्टि नमिल्न सक्छ,’ डा. तिमिल्सिनाले भने, ‘बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ ।’ तर, अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
साभार ः हेल्थपोष्ट नेपाल डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्