मेन्यु मेरो टेबलमा आईपुग्या थियो ।
मैले मेन्यु हेर्न सुरु मात्र गर्दा पछाडीबाट आवाज आयो ,' मोका '
कफिको लिस्टमा एकटक भएको म पछाडी फर्किए ।
' सुलभ्या' हामी एउटै क्लास मेट तर आज सम्म बोलचाल भने भएको थिएन ।
बोलचाल र औपचारिक कुरा कानी नभएपनी सुलभ्या सग म राम्रो सग परिचित थिए । कक्षामा पनि सरले मलाई कुनै प्रश्न सोध्दा पनि सुलभ्या यसरी नि ओभरटेक गर्थिन र सरको गाली खान्थिन ।
सरले गाली गरे पछि 'सिट डाउन ' भन्दा उनी मुस्कानका साथ बस्थिन ।
सरलाई नै सोचमग्न पार्ने गरि । मनमनै सरले सायद सोच्नुहुन्थ्यो ,' त्यस्तो गाली गर्दा पनि अलिकति पनि विचलित नहुने कस्तो केटि हो ? '
क्लेजको कफि सपको टेबल न ३ मा बसेर यति कुरा सोच्दा सोच्दै गर्दा सुलभ्याको अर्डर मेरो टेबलमा आईपुग्यो । ए साची सुलभ्याको अर्डर हैन अर्डर मेरो थियो तर सजेसन सुलभ्या को !
' मोचा '
त्यो छनोट सुलभ्याको थियो तर मैले समर्थन गरेकाले त्यो अर्डर मेरो टेबुलमा आईपुग्यो ।
सुलभ्या र उनका साथिहरु भने Today's Special मा रहेको आलु परौठाको स्वादमा रमाउदै ,हास्दै गफिदै थिए ।
कफि आधा भइसकेको थियो ।
मैले मेरो देब्रे हात तर्फ आँखा डुलाए , 'Oh Shit '
मैले आज मेरो Wrist Watch घरमै छाडेको थिए ।
सुलभ्याको ग्रुप टेबल बाट उठने तर्खरमा थियो ।
मैले Reception को भाईलाई इसारा गरेर टाईम सोधे ।
' 8:30 ,5 minutes more to ring the bell ' सुलभ्याले फेरि ओभरटेक गरिन तर यो बेला भने उसले म तिर हेरेर मुसुक्क हास्दै बाहिर निस्किन । मैले पनि मुसुक्क हास्दिए ।
क्लास पुग्दा English को क्लास सुरु भइसकेको थियो ।
ब्रेक टाईम सकेर सबै जना क्लास पुगिसकेका थिए ।
ढोकामा मलाई देखेर सरले सोध्नुभयो , ' रोमन, क्लास सुरुभएको १० मिनेट भइसक्यो तिमी कहाँ थियौ ? '
' क्यान्टिनमा कफि खादै '
उत्तर अरु कतै बाट आयो , सरको ध्यान पनि उतै मोडियो ।
' मैले रोमनलाई सोधिरहेको छु ' सरले अलि सार्हो स्वरमा भन्नूभयो ।
मैले जवाफ दिननपाउदै सरले भित्र आउ भन्ने इशारा गर्नुभयो ।
कोर्स अलिकती पढाए पछि , सरले प्रोजेक्ट वर्कको लागि ग्रुप विभाजन गरिएको कुरा जानकारी गराउन थाल्नुभयो ।
ग्रुप सि
रोमन क्षेत्री
सुलब्या सापकोटा
ग्रुप ए र बि को बारेमा जानकारी गराउदा शान्त रहेको कक्षा एकाएक एउटै ध्वनि ले भरियो ,
'wow'
प्रोजेक्ट वर्क अन्तर्गत हामिले कुनै एक विपन्न वस्ती पुगेर त्यहाँका वासिन्दाको बारेमा रिपोर्ट तयार गर्नुपर्ने हुन्छ ।
क्लास सकिएपछि म बाहिर निस्किनु अघि नै सुलभ्या बाहिर निस्कीसकेकि थिईन ।
म बाहिर निस्किदै गर्दा सुलभ्या मुस्कुराउदै गेटमा बसिरहेकी थिइन ।
' हाई , म सुलभ्या '
' हेल्लो , म रोमन एन्ड योर फ्रेन्ड फर प्रोजेक्ट वर्क ' भन्दै म हासे ।
सुलभ्या मुस्कुराईन ।
बसको हर्ने बज्यो ।
'सरि , बस हिड्न लाग्यो !! टक टु इयु ल्याटर है ,बाई' भन्दै सुलभ्या बस तर्फ दौडिन ।
मेरो आँखा पनि सुलभ्या सगसगै बस तर्फ दौडिए ।
'ओई , कता हराएको ? घर जानू पर्दैन ? '
राजिव पछाडी बाट बोल्यो ।
म झसङ्ग भए र घर तिर लागे ।
घर गएर फ्रेस भएपछी एकछिन फेसबुकको भित्ता तिर भौतारिनु मेरो दैनिककि जस्तो भइसकेको थियो ।
मोबाईलमा वाई-फाई कनेक्ट हुने बित्तिकै नोटिफिकेशन आयो ।
' Sweet Sulabhya Sent you a friend request '
नोटिफिकेशन अरु पनि थिए तर यो नोटिफिकेशनले मेरो ध्यान आफू तर्फ मात्र एकाग्र गरायो ।
साच्चै नै उसको फेसबुकको नाम जस्तै स्विट थिइन सुलभ्या ।
मिलेको अनुहार !
गहुगोरो वर्ण ,
अनि परेवाका जस्ता आँखा !
इनोसेन्ट हेराई ।
यी सबैकुरा ले सझिएको मुस्कानले जो कोहि लाई मन्त्रमुग्ध बनाउथियो ।
म पनि अपवाद रहन सकिन ।
यी सबैकुरा भन्दा स्विट थियो त मलाई ओभरटेक गर्ने उनको आवाज , त्यसैले त कसैले सुलभ्या नजिक भएको बेला मलाई प्रश्न सोध्यो भने म उत्तर दिन अलि आनाकानी गर्थे ! ?
अरु कुरा केही नसोची मैले त्यो रिक्वेस्ट एसेप्ट गरे ।
उनी अनलाईन नै थिईन ।
म्यासेज बक्स खोले र 'Hy ' टाईप गरे र फेरि ईरेज गरेर च्याट हेड बन्द गरे ।
फेसबुकको न्युज फिड स्क्रोल गरिरहदा ,म्यासेन्जर को च्याट हेड अचानक एक्टिभ भयो ।
म्यासेज सुलभ्याको थियो ।
'हाई रोमन '
'हाई'
'खाना खाएउ ? '
' उम , खाए अनि तिमिले ?'
' तिमिले रिक्वेस्ट एसेप्ट गरेउ , यहि खुसीमा भोक नि हरायो ?'
'हा...हा..हा'
औपचारिकता , पढाईको कुरा अनि प्रोजेक्ट वर्क प्लान ....
अनि विच विचमा स्विट सुलभ्याका स्विट गफ ,सायद यो भन्दा अघि म्यासेन्जरमा अरु कोहि सग yasari कुरा भएको थिएन ।
विहान ५ बजे उठेर फेसबुक खोले , फ्रेन्डलिस्टको टपमा सबै नाम लाई उछिन्दै स्विट सुलभ्या पुगेको थिए ।
मुसुक्क हासे । एकदिनमै उनी फ्रेन्ड लिस्ट को टपमा पुगेकी थिइन , कता कता मनको कुनामा ठाउँ पनि पाईसकेकी थिईन ।
परिक्षाको अन्तिम घन्टी जस्तै गरि मोबाईलको रिङ्गटोन बज्यो ।
नम्बर अननेम थियो तर True Caller ले मनको कुरा बुझे सरि नम्बर Identify गर्यो । सुलभ्या सापकोटा
'गुड मर्निङ्ग , उठिसकेउ ? '
'हैन म निदाईरहेको छु ?'
' ए ए , म त हिजो ढिलो सुत्या थिएउ क्लेज जान ढिलो हुन्छ भनेर सम्झाईदिएको '
'थ्यान्क यु '
' सि यु सुन '
' हाहाहा Sure '
म तयार भएर क्लेज पुगे ।
सुलभ्या गेट अगाडि नै थिईन ।
'गुड मर्निङ्ग ' सुलभ्या मुस्कुराईन ।
'क्लास किन नगएको ? ' मैले अलि गम्भीर भएर सोधे ।
मुस्कुराउदै भनिन , ' आज प्रोजेक्ट वर्क '
'ओ सरि , मैले बिर्सिएछु '
' सबै जना बसमा गईसके , म तिमिलाई पर्खेर बसिरहेको थिए ' अलि गम्भीर हुँदै सुलभ्या मुस्कुराईन ।
' ए होर !! Lets move then ' हतारिदै मैले जवाफ दिए ।
छोटो समयमा हामी निकट भइसकेका थियौ ।
सुलभ्याले मलाई हरेक कुरामा ख्याल गर्थी सायद त्यसैले होला मेरो धडकनमा पनि कता कता मैले सुलभ्या लाई पाउन थालिसकेको थिए ।
बसमा हामी सगै थियौ , सुलभ्या घरि घरी झ्याल बाहिर देखाउदै ती ठाउँ र वस्तु हरु सग मलाई परिचित गराउन व्यस्त रहि ।
बेला बेला म ती वस्तुहरु बारे जिज्ञासा राख्थे अनि उ ती जिज्ञासाहरु को जवाफ दिन्थी ।
त्यो दिन भर सुलभ्या र म सगै थियौ , सुलभ्या सग रहेकाले होला मलाई दिन बित्तिको पत्तै भएन ।
प्रोजेक्ट सकिएपछी सुलभ्या उसका साथिहरु सग गफ गर्दै थिई ।
मैले पनि उसलाई डिस्टरभ गर्न चाहिन र चिया पसलमा गएर चिया पिउन थाली ।
साथिहरु सग गफमा मस्त रहेकी सुलभ्याको आँखा म तिर ठोक्किन पुगे ।
उ झसङ्ग भइ अनि म तिर आई !!
' सरि , बोलाएको भए आईहाल्थिए नि त !!'
' हैन हैन , तिमी गफ गर्दै थियौ अनि किन डिस्टर्भ गर्नु भनेर '
' बोर भयौं हो ? ...आई एम सो सरि '
' किन सरि भन्या ? '
' म तिमिलाई बोर भएको देख्न चाहन्न '
' ल हिड , बस छुटन लाग्यो '
सुलभ्याको चाहना +२ सकिएपछी अष्ट्रेलिया जाने थियो तर मेरो इच्छा नेपालमै व्याचलर इन डेभलपमेन्ट स्टडिज गर्ने थियो ।
प्रोजेक्ट सकिएपछी सुलभ्याले बिहानै म्यासेज गरिन । म्यासेजमा उनले दिउँसो सस्क्याचीमा भेटने कुरा गरेकी थिइन ।
+२ पनि सकिनै लाग्या थियो , किन किन मलाई सुलभ्या सग डर लागिरहेको थियो ।
सुलभ्या सग भन्दा पनि उसको सपना सग , हाम्रो मन एउटै थियो तर सपना फरक ।
अनि फेरि सोच्थे एक ढिक्क भएर बसेको मनलाई जाबो सपनाले कसरी छुट्याउन सक्छ र !! केही हदसम्म भएपनी मन सन्तुष्ट हुन्थ्यो ।
म ससक्याची पुगेको १० मिनेटमा नै सुलभ्या आईपुगिन ।
'हाई , मलाई धेरै पर्खेउ होला है ? के गर्छौ म यस्तै छु '
मनमनै भन्दै थिए ,'जस्तो सुकै भएपनी दामी छौ '
वातावरण एकछिन मौन रहयो ।
' आज किन मुड अफ ? ' उनले भनिन !!
' तिमी मलाई जहिले पनि मुड अफ नै देख्छौ '
हुन पनि हो , मुड अफ भन्दा पनि अलिक गम्भीर चाहिँ थिए म ।
' ह्या ,जहिले न्यु मात्र खोज्छ ' उ झर्किन !!
' उम , २ मोका ' मैले अर्डर गरे ।
उनी मख्ख परिन । ?
'सुलभ्या , तिम्रो भिसा आयो ?'
मैले भने !!
' अ ,इम्बेसीमा तिमी छौ नि ,एक्जाम नै नदि भिषा आउन लाई '
' हाहाहा , सहि हो !'
' अष्ट्रेलिया गएपछी हामीलाई विर्सिने होला !'
कफि पिउदै मैले भने ।
' म जहाँ पुगे पनि मन तिमी सगै हुन्छ , यस्तो कुरा नगर न !'
सुलभ्या अलि गम्भीर भएर जवाफ दिईरहेकी थिइन ।
कफि सकेर हामी ससक्याची बाट निस्कियौ ।
सुलभ्या आफ्नो भिसा प्रोसेसमा व्यस्त थिईन र म पनि प्रवेश परीक्षा को तयारीमा थिए ।
हामी विच पहिला को जस्तै गफ गाफ हुन छाडिसकेको थियो ।
एकदिन बिहानै सुलभ्याले फोन गरिन , 'ह्याप्पी बर्थ डे '
मेरो बर्थ डे थियो त्यो दिन , बर्थ डे विइस र हाल खबर सोधे पछि दिउँसो भेटने बताईन ।
क्याफेमा मोकाको स्वाद र सुलभ्या मिठा गफमा रुमलिइरहेको वातावरण एकैछिन शान्त रहयो ।
' रोमन , मेरो सेप्टेम्बर १० को फ्लाईट छ । म अष्ट्रेलिया जाँदै छु '
' बधाई छ , तिमिलाई !! यस्तो खुसीको कुरा गर्दा किन यस्तो सेन्टी भा'को तिमि ?'
' खुसी एउटा ठाउँमा छ रोमन !! तिमिलाई छोडेर जानू को पीडा धेरै छ '
' पढाई सकेपछी म पनि आउछु नि !! किन टेन्सन लिईराख्या '
सुलभ्या मौन रहिन !!
मैले नै भने , ' लेटस सेलिब्रेट , स्माईल ! स्माईल !! '
सुलभ्या मुस्कुराईन । उनी जब जब मुस्कुराउथिइन मेरो खुसीले सिमा नाग्थ्यो ।
सुल्भ्याले अष्ट्रेलिया जाने कुरा गरिरहदा मेरो मनमा जस्तो ठूलो पीडा कसलाई भयो होला र !! त्यही पनि म उसको खुसीमा रमाए जस्तो नाटक गरिरहेको थिए । सुलभ्याको फ्लाईट डेट नजिक नजिक आउदै थियो , हाम्रो भेट पनि निक्कै बाक्लीएको थियो ।प्राय हामी दैनिक जस्तै भेट गर्थौ ।
हाम्रो प्रत्येक भेटमा म सुलभ्यालाई एउटै प्रश्न तेर्साईरहन्थिए ,' अष्ट्रेलिया गएपछी मलाई बिर्सिदैनौ नि ? '
उसको जवाफ पनि सधै एउटै हुन्थ्यो ,' ती चराहरु देख्छौ नि , ती चराहरुले आफ्नो परिवारलाई गुडमै छाडेर आएका छन । यी चराहरु दिनभरी चारोको खोजिमा धेरै पर -पर सम्म पुग्छन तर चारो पाए पनि नपाए पनि बेलुका आफ्नै घर फर्किन्छन । हो चारोको खोजिमा हिडेका यी चराहरु जस्तै हु म !! जहाँ पुगे पनि मनमा तिमी नै हुन्छौ र फर्किएर तिमी सामु नै आउनेछु । '
सुलभ्या यी कुराहरु भनिरहदा एकदमै भावुक हुन्थी ।
मेरो इन्ट्रान्स एक्जाम भएकोले सुलभ्याको फ्लाईट टाईम maa एयरपोर्ट पुग्न सकिन तर उडने बेला सुलभ्याले आफै फोन गरेकी थिई ।
अष्ट्रेलिया पुगेर सुल्भ्याले फेसबुकमा म्यासेज गरि ।
अब हामी सधै जसो भिडियो च्याटमा कुरा गर्थौ ।
सुलभ्या अष्ट्रेलिया पुगेको एक वर्ष सम्म हामी पहिलाको जस्तै थियौ ।
अचानक सुलभ्याको बानीमा परिवर्तन आउन थाल्यो ।
उ अनलाईन हुन्थ्यो , मेरो म्यासेज डेलिभर्ड पनि हुन्थ्यो ।तर म्यासेज पठाएको घण्टौ पछि मात्र उ म्यासेज रिप्लाई गर्थी ।
भिडियो च्याट रिजेक्ट गर्थी र ' आइ एम विजि ' भनेर टेक्स्ट गर्थी ।
बिस्तारै बिस्तारै उ म बाट टाढा जान थालेकी थिई। यता म भने उसको यादमा हरेक पल तड्पिरहेको हुन्थिए । बिहान पठाएको म्यासेज को रिप्लाई राती आउथ्यो , मनको दुरि पनि बढदै थियो ।
एकदिन अचानक मेरो म्यासेज बकसमा सुल्भ्या को म्यासेज आयो ।
' सरि रोमन ,मैले हाम्रो मायाको लागि मेरो सपनाको बलिदान दिन सकिन । मलाई थाहा छ मैले अपराध गरिरहेको छु यसको सजाय मैले निस्चय नै पाउने छु तर मैले मेरो मनलाई मार्न सकिन रोमन । म बुझ्छु तिम्रो पीडा , प्लिज तिमी मलाई बिस्तारै बिस्तारै बिर्सिदेउ आफ्नो नयाँ जीवन सुरु गरेर म जस्तो निष्ठुरीलाई भुलिदेउ , आई एम सो सरि रोमन । सायद तिमीले मलाई र मेरो सपना प्रतीको लगाव बुझ्छौ । आई एम सो सरि , सक्छौ माफ गर्देउ । गुड बाई , ह्याभ अ वन्डरफुल लाईफ ए हेड '
सग सगै एक नवविवाहित जोडिको तस्वीर पनि थियो ।
मेरो आँखा भरी आँसु भरिसकिएका थिए र बिस्तारै बिस्तारै किबोर्डमा झरिरहेका थिए ।
मैले बधाई छ लेखेर रिप्लाई गर्न खोजे तर उ र म विचको च्याट बक्समा म्यासेज टाईप गर्ने ठाउँ थिएन ।उसले मलाई ब्लक गरिसकेकी थिईन ।
कलम बन्द गर्नै लाग्दा क्याफेको भाइ तेस्रो पटक अर्डर टिप्न आईपुग्यो ।
अघिल्लो दुई पटक त्यसै फर्किएको उसलाई यो पटक निराश बनाउन चाहिन ।
'कफि '
' सर , मोका ? ' उसले हाम्रो सधैको अर्डर थाहापाएर गेस गर्यो ।
आँखाबाट चस्मा झिकेर आँखा पुछ्दै मैले जवाफ दिए ,' नो ! नो !! ...क्यापिसिनो प्लिज '