बिराटनगर चैत्र १८ ,
साताको दोस्रो दिन सोमबार सुन चाँदीको कारोबारमा मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ९ सय ३० रुपैयाँ र चाँदीमा ६ सय २६ रुपैयाँ मूल्य कायम गरेको छ ।