“मगमग” चाउचाउको यस्तो अभियान : धुर्मुस सुन्तलीले बनाउने रंगशालामा सहयोग गर्ने

“मगमग” चाउचाउको यस्तो अभियान : धुर्मुस सुन्तलीले बनाउने रंगशालामा सहयोग गर्ने

बिराटनगर बैशाख २३,

प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्ने क्रममा रहेको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन् ।

"मागमाग" ले अहिले धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको क्रिकेट रंगशालामा समेत सहयोग गर्ने भएको छ । चाउचाउले हरेक प्याकेट “मगमग” चाउचाउको बिक्रिबाट आएको रकमबाट केहि रकम उक्त क्रिकेट रंगशाला निर्माणको लागि सहयोग गरिने मनषा थाई फुड्स प्रालिका निर्देशक अजय अग्रवालले आवर बिराटनगरलाई जानकारी दिए ।

देशमा जनताको स्तरबाट भैरहेको राम्रो कामलाई सहयोग गर्न "मागमाग" ले यस्तो अभियान संचालनमा ल्याएको अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्