मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

<span class='c1'>मोरङको जहदामा खेत जोत्ने क्रममा</span> <span class='c2'>ट्याक्टरले च्यापिएर चालकको मृत्यु</span>

विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ ।


जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत्ने क्रममा विहीबार विहान १० बजेको समयमा ज्यान गएको स्थानिय जगरनाथ रायले आवर विराटनगरलाई जानकारी दिए । सरवरियाले जोत्दै गरेको को २ त ९०४६ नम्बरको ट्याक्टर रहेको रायले बताए


घटना पस्चात ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटि गएको प्रहरी टोलीले शवको सनाखत तथा मुचुल्का उठाई सकेको छ । शवलाई पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्