विराटनगर, ९ साउन ।
विराटनगरमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । लहरीको ठक्करबाट मोटरसाइकल चालक सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । ठक्कर दिने चालक फरार भएको र लहरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । लहरीको ठक्करबाट स्थानीय युवाको ज्यान गएपछि स्थानीयले केहीबेर प्रदर्शन गरेका छन् । अहिले स्थानीयले घटनाको बिरोधमा रानीमा टायर बालेर प्रदर्शन गरेका छन् ।