आफन्तको ज्यान गएपछि विराटनगरमा १ दर्जन मालबहाक सवारीमा तोडफोड

<span class='c1'>आफन्तको ज्यान गएपछि विराटनगरमा १</span> <span class='c2'>दर्जन  मालबहाक सवारीमा तोडफोड</span>

प्रेम देवान
विराटनगर, १० साउन । विराटनगर १५ मलाय रोडमा लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि एक दर्जन बढी सवारी साधन तोडफोड भएका छन् ।

भारतबाट आद्योगिक कच्चा पदार्थ बोकेर आएको लहरीको ठक्करबाट विराटनगर १५ निवासी अमर सिहको मृत्यु भएपछि स्थानियबासासीले बिहीबार साँझ एक दर्जन बढी ठूला माल वहाक ट्रकहरुमा तोडफोड गरेका हुन् । साथै उनीहरुले टायर बालेर विरोध प्रर्दशन समेत गरेका थिए ।
घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि सो क्षेत्रको अवस्था असामान्य बनेको थियो । २ वटा नेपाली नम्बर प्लेटको गाडी र १० वटा भारतिय नम्बर प्लेटको गाडीमा क्षति पुर्याएका थिए ।

स्थानियवासीले जोगवनी विराटनगर सडक खण्डमा टायर बालेर प्रदर्शन गरेपछि सवारी साधन पुर्ण रुपमा ठप्प बनेको थियो । घटनाको विरोधमा सुरु भएको नारावाजी र प्रदर्शनले उग्ररुप लिएसँगै सवारी साधन पनि सञ्चालन हुन सकेका थिएनन् । मोरङ प्रहरीले घटनास्थलमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी समेत परिचालन गरिएको छ ।

भारतिया नम्बरको एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा अमर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्