विराटनगरमा बढ्दो ट्राफिक जाम, अस्तब्यस्त हस्पिटलचोक, ब्यवस्थापनमा प्रहरी निरीक्षक

<span class='c1'>विराटनगरमा बढ्दो ट्राफिक जाम, अस्तब्यस्त</span> <span class='c2'>हस्पिटलचोक, ब्यवस्थापनमा प्रहरी निरीक्षक</span>

प्रेम देवान ।
विराटनगर, १२ साउन ।  बाहिरबाट आउने मानिसको जनसंख्या पनि दिन प्रतिदिन विराटनगरमा बढ्दो छ । पछिल्लो समय विराटनगरको ट्राफिक व्यावस्थापनमा समस्या हुँदै जानथालेको छ । सवारी साधनको बढ्दो चापसँगै विराटनगरको बजार निक्कै अस्तब्यस्त देखिन्छ ।
यसका साथै विराटनगरमा सिटी सफारीको संख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनको समस्या बिराटनगरले बिगत तीन बर्षदेखि झेल्दै आएको छ ।
कोशी अञ्चल अस्पताल अगाडीको हस्पिटल चोकमा देखिएको ट्राफिक जामको कुरा गरिरहेका छौ । विराटनगरको हस्पिटल चोक आसपासमा निक्कै भिडभाड बढेको छ ।
धेरै अस्पताल तथा क्लीनिकसँगै प्रदेश सभाको भवन, स्कुल तथा कलेजका विद्यार्थीहरुको बाक्लो उपस्थिती हुने भएकोले पनि अस्तब्यस्त हुने गरेको छ । विराटनगरका सडक तथा नाला निर्माण कार्यले गर्दा पनि पछिल्लो समय जाम भएको बताईन्छ । तर हस्पिटल चोकमा निर्माणधिन काम लामो समय देखि रोकिएका छ । खनेर त्यसै छाडिएका सडकमा सवारी साधनहरु फस्ने कारणले पनि ट्राफिक ब्यवस्थापनमा समस्या हुँदै आएको छ ।
दैनिक उक्त स्थानमा ट्राफिक जाम हुने गरेका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख शिवराम पोखरेलपनि ट्राफिक व्यवस्थापनमा देखिन्थे ।
मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिव कुमार पोखरेलले पानीको निकास नहुनु, विकासको काम बिचैमा छाड्नु र सवारीको चाप बढ्दै जानुले ट्राफिक ब्यवस्थापन अस्तब्यस्त भएको बताए । प्रायः आईतबार हस्पिटल चोकमा जाम हुने गरेको पोखरेलको भनाई छ ।

https://www.facebook.com/ourbrt/videos/402705667258303/?v=402705667258303

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्