भारतीय कामदारको सूची बनाउँदै दूतावास, विराटनगरमा संचालित क्याम्पमा भीड

<span class='c1'>भारतीय कामदारको सूची बनाउँदै दूतावास,</span> <span class='c2'>विराटनगरमा संचालित क्याम्पमा भीड</span>

विराटनगर, १३ साउन ।  नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दूतावासले संचालन गरिरहेको छ।

उक्त क्याम्पमा सूची दर्ता गर्न भारतीय मजदुरको भीड लागेको छ। जो कोही मजदुरलाई काममा लगाउन पान नम्बरमार्फत मात्रै तलब सुविधा भुक्तानी गर्नुपर्ने सरकारले नियम बनाएपछि मोरङ व्यापार संघको पहलमा उक्त क्याम्प संचालन गरिएको हो। सुनसरी मोरङ औद्योगिक करिडोरमा सयौंको संख्यामा भारतीय मजदुरहरु रहेका छन्। भारतीय दूतावासलाई अनुरोध गरेर सूचिकृत गर्नका लागि टोली विराटनगर बोलाइएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए। १३ गतेसम्म चल्ने शिविरबाट १ हजार ५ सय बढी भारतीय नागरिकले दर्ता प्रमाण पत्र प्राप्त गर्ने व्यापार संघको अनुमान छ।

दर्ता भई प्रमाण पत्र लिन आउने भारतीयले काठमाडौंको रजिष्ट्रेशन फारम संघबाट लिएर आवश्यक कागजातसहित क्याम्पमा उपस्थित हुनुपर्नेछ। तीन दिनसम्मका लागि आयोजित उक्त क्याम्पमा भारतीयले सम्पूर्ण प्रक्रिया पुर्‍याएपछि मात्र भारतीय राजदूतावास, काठमाडौंको प्रमाणपत्र पाउने व्यवस्था मिलाइएको मुन्दडाले बताए। सुनसरी मोरङ औद्यागिक करिडोरमा कर्मचारी र मजदुर गरी लगभग १० हजार भारतीय नागरिक कार्यरत रहेको व्यापार संघको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्