पूर्वाञ्चल विश्वबिद्यालयको लापरवाहीले आठ जना विद्यार्थीको भविश्य अन्यौल, परिक्षा नियन्त्रण गैरजिम्मेवार

<span class='c1'>पूर्वाञ्चल विश्वबिद्यालयको लापरवाहीले आठ जना विद्यार्थीको</span> <span class='c2'>भविश्य अन्यौल, परिक्षा नियन्त्रण गैरजिम्मेवार</span>

विराटनगर, १३ साउन ।
विराटनगर ३ की निकिता कार्की पूर्वाञ्चल विश्व बिद्यालयको आंगिक क्याम्पस जीपी कोईराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टरमा (जिपिसिएआर) बिएससी एजीको चौथो बर्षमा अध्ययनरत छिन् ।
उनको दोश्रो बर्षको परीक्षाफल केही दिन अघि मात्र प्रकाशित भएको छ । गत जेठ ३० गते बिएससीएजीको दोश्रो बर्षको रिजल्ट आयो । उनी खुसी हुँदै आफ्नो परीक्षाफल उनले हेरिन् परीक्षाफल निक्कै नै त्रुटीपुर्ण आयो ।
हरेक परीक्षाको परीक्षाफलमा ए प्लस तथा ए ग्रेड ल्याएकी निकिताको लागि यो परीक्षाफलले निक्कै नै तनाव बनायो । सबैमा ए ग्रेड आएको तथा एउटा बिषयमा बि प्लस ग्रेड आएको भएपनि प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर बिषयमा उनी फेल भईन् । उनी मात्र हैन उनी सहितका ८ जना बिद्यार्थीको पनि उस्तै नै समस्या देखियो । परीक्षामा सत्प्रतिशत उत्तरपुस्तिकामा लेखिएको बताएकी निकितालाई आफु फेल हुन्छु भन्ने कलिकति पनि थिएन ।
उनले यसअघि एसएलसीमा ७९ प्रतिशत, उच्च माविमा ७२ प्रतिशत ल्याएकी थिईन् । अनी बिएससीएजीको पहिलो बर्षमा पनि उनले ग्रेड (ए) ल्याएकी थिईन् । तर दोश्रो बर्षको परीक्षाफल त्रुटीपुर्ण आएको दावी गर्दै उनी सहितका आठजना बिद्यार्थी सशंकित भए ।

समस्या यसरी अघि बढ्यो
आफ्नो छोरी फेल भएको थाहा पाएका निकिताका बुबा मोहनकुमार कार्की सहितका अभिभावक कलेजमा गए र क्याम्पस प्रमुखलाई समस्याको बारेमा सुनाए ।
क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले उत्तर पुस्तिका हेर्ने र पुनः परिक्षण गर्नको लागि पहिलो र दोश्रो बर्षको मार्कसिटको फोटोकपी पेश गर्न भनेर सुझाव दिए । बिद्यार्थीहरु निवेदन लिएर परिक्षा नियन्त्रण कार्यालय पुगे ।
आठ जना बिद्यार्थी सोही बिषयमा फेल भएको भएपनि उत्तर पुस्तिका माग गर्ने ६ जना देखिए । निकिता कार्की, संदीपा तिम्सीना, हिरालाल गेलाल, केशवकुमार बुढामगर, सपना खड्का र सुमित साहले उत्तरपुस्तिका हेर्न माग गरेका हुन् ।

बिद्यार्थीहरु अभिभावक सहित असार ५ गते परीक्षा नियन्त्रकलाई भेटेको थिए । परीक्षा नियन्त्रक सुर्यप्रसाद संग्रौलाले विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न र रिटोटलिङ गर्न पाउने मात्र निर्देशिकामा ब्यवस्था भएको जानकारी गराएका थिए ।

परीक्षा नियन्त्रक संग्रौलाले बिद्यार्थीलाई जानकारी गराए अनुसार, ‘उत्तरपुस्तिका हेर्नका लागि ५ हजार दस्तुर बुझाउनु पर्ने, उत्तर पुस्तिका हेर्न भन्दा अगाडि उत्तर पुस्तिका दिईएको अंक प्रति चित नबुझेको खण्डमा प्रहरी कार्यालयमा उजुरी गर्न नपाउने, कुनैपनि अड्डा अदालतमा उजुरवाजुर गर्दिन÷गर्न जानेछैन र यस बिषयमा कुनैपनि मिडियालाई जानकारी गराउने छैन भन्ने कबुलियतनामा गरेपछि मात्र उत्तरुपुस्तिका बिद्यार्थीलाई दिने ।’

परीक्षा नियन्त्रक संग्रौलाले बिद्यार्थीलाई उत्तरपुस्तिका देखाईएपनि अंक दिन छुट भएको रहेछ भनेपनि अंक दिन नमिल्ने, पाउनु पर्ने अंक भन्दा कम दिईएको अबस्थामा पनि जोडिएर नआउने भनिएपछि बिद्यार्थी र उनीहरुको अभिभावक त्यहाँबाट निवेदन दर्ता गर्न गएकोमा छलफल मात्र गरेर फर्किएको निकिताका बुबा मोहनकुमार कार्कीले बताए । परीक्षा नियन्त्रक सुर्यप्रसाद संग्रौला प्रतिनिधि सभाका सदस्य डिला संग्रौलाका श्रीमान् हुन् ।

सोही क्याम्पसका बिद्यार्थी काउन्सीलका अध्यक्ष अनुप चपाईले अहिलेसम्म ३ ब्याच कलेजले संचालन गरेको भएपनि दोश्रो ब्याचका बिद्यार्थीबाट यो समस्या देखिन थालेको बताए । पहिला पनि यस्ता समस्या अन्य विश्वबिद्यालय र कलेजहरुमा पनि देखिएकोले त्यो हेर्न पाउने ब्यवस्था भएपनि कानुनी प्रंक्रियालाई रोक्ने काम गर्न लागेको उनको भनाई छ । उत्तरपुस्तिकाको बिषयमा अप्ठेरो अबस्था सिर्जना हुने भएपछि कानुनी उपचारमा जाने तयारीमा बिद्यार्थी देखिएको उनको भनाई छ । ‘बिद्यार्थीले कति गर्यो कस्तो रिजल्ट आउँछ भन्ने थाहा हुन्छ, उनले भने, तर त्यसरी बिद्यार्थीलाई एउटा कपी चेक गर्ने ब्यक्तिलाई संरक्षण गर्न गुमराहमा पार्ने काम भएको छ ।’
आंगिक क्याम्पसलाई कमजोर बनाउनको निजी कलेज हिकासलाई उत्तर पुस्तिका पठाईएको समेत बिद्यार्थी काउन्सीलको आरोप छ ।
यस्तो ब्यवस्था ः
परीक्षा नियन्त्रक संग्रौलाको गैह्र जिम्मेवार अभिब्यक्ति पछि बिद्यार्थी आक्रोशित थिए । पुर्वाञ्चल विश्व बिद्यालयको कार्यकारी परिषदको मिति २०६९ साउन २४ गतेको बैठको निर्णय नम्बर २१३३ को शर्त (घ) मा उत्तरपुस्तिकामा प्राप्त अंक विश्व बिद्यालयको नियम विनियम बमोजिम रिटोटलिङ हुन सक्नेमा र उत्तरपुस्तिकामा भुलवस कुनै अंक नै प्राप्त भएको रहेनछ भने त्यस्तोमा विश्वबिद्यालयबाटै परिक्षण हुनेमा बाहेक अन्यत्र वा अरु कसैबाट पुनः उत्तरपुस्तिका परिक्षण हुनसक्नेछैन भनिएको छ । यसले नम्बर थपघट गर्न सक्ने ब्यवस्थालाई स्पष्ट पारेको छ । तर निर्देशिका तथा विनियममा कुनैपनि कबुलियतनामाको बिषय उल्लेख गरिएको छैन ।

हुलाकको पत्र फिर्ता
उत्तरपुस्तिका हेर्न पाउनु पर्ने भन्दै परीक्षा नियन्त्रण कार्यालय गएका बिद्यार्थीलाई कार्यालयले फर्काएपछि उनीहरुले सुचनाको हकको प्रयोग गर्दै निवेदन पठाएका थिए । उनीहरुले असार १३ गते नै सुचनाको हक प्रयोग गरेर आफ्नो उत्तरपुस्तिका हेर्न पाउनु पर्ने माग गर्दै निवेदन पठाए । पूर्वाञ्चल विश्वविद्यालयमा हुलाक मार्फत पठाईएको निवेदन सहितको पत्र विश्वविद्यालयले सुचना अधिकारी नभएको भन्दै फिर्ता पठाएको छ ।
१३ गते नै बिद्यार्थीले ५ सय रुपैयाँको दरले ३ हजार ५ सय रकम तिरेर परिक्षा नियन्त्रण कार्यालय विराटनगरमा अंक पुनर्योग मुल्याङ्कनको लागि निवेदन दिएका छन् । परीक्षा नियन्त्रण कार्यालयले पुनर्योगको लागि निबेदन नै नदिएको दाबी गर्दै आएको छ । तर बिद्यार्थीसँग भने पुनर्योगको लागि तिरेको रकमको रसिद सुरक्षित रहेको बताउँछन् ।

सबै परीक्षा नियन्त्रकको जिम्मा हैन
परीक्षा नियन्त्रक सुर्य संग्रौलाले सबै बिषयमा आफुलाई जानकारी नभएको बताए । तर बिद्यार्थीले उत्तर पुस्तिका हेर्न पाउनु पर्ने भन्ने बिषयमा निवेदन नदिएको दाबी गरे । रिटोटलिङको लागि निवेदन दिन भनिएको तर उत्तरपुस्तिका हेर्नका लागि ५ हजार शुल्क तिरेर चित्त नबुझे उजुर वाजुर भने नगर्नको लागि भनिएको संग्रौलाले स्वीकार गरे । उनीहरुको बारेमा कपी काट्ने काम तीनवटा कलेज भित्रैबाट हुने गरेको भएपनि कहाँ काटियो भन्न नमिल्ने बताउँदै संग्रौलाले कपी काटेपछिको समपरिक्षण भने त्यही कलेजको शिक्षकले गरेको खुलासा गरे । ‘सबै जिम्मेवारी मेरो हैन, उनले भने, यसमा कलेजले लेखेर दिएपछि हामीले कोही फेल या पास बैठक बसेर सार्बजनिक गर्ने हो ।’
एकले अर्कोलाई आरोप र प्रत्यारोप लगाउँदा आठ जना विद्यार्थीको भबिश्य भने अन्यौलमा परेको छ । अहिले बिद्यार्थीहरु आफुमाथि अन्याय भएको भन्दै अदालत जाने तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्