झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै , डेङ्गुका बिरामी भर्ना हुने क्रम जारी

<span class='c1'>झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै ,</span> <span class='c2'>डेङ्गुका बिरामी भर्ना हुने क्रम जारी</span>

दमक, साउन ३१ गते । पछिल्लो साता झापाको दमकमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको देखिएको छ । तीन वर्षअघि दमकमा डेङ्गुले महामारीका रुपमा देखापरेको डेङ्गुको सङ्क्रमण यस वर्ष पनि अहिले ह्वात्तै बढ्दै गएको हो । दमक नगरपालिकाको स्वास्थ्य शाखाप्रमुख इन्द्र अर्यालका अनुसार दमकको जिल्ला अस्पताल दमकसहित अन्य निजी अस्पतालमा डेङ्गुका बिरामी भर्ना हुने क्रम बढेको पाइएको छ ।

सरकारी दमक अस्पतालसहित यहाँका आम्दा, लाइफलाइन, नमस्ते र एड्भान्स लगायतका निजी अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको हो । यसबाहेक केहीले काठमाडौँ पुगेर उपचार गरिआएका छन् । जेठ र असारमा फाट्टफुट्ट देखिएको डेङ्गु रोगको सङ्क्रमण साउन अन्तिममा आइपुग्दा बढेको अर्यालले बताउनुभयो । वर्षा रोकिएपछि डेङ्गु सार्ने लामखुट्टे सक्रिय हुने भएकाले यसको सङ्क्रमणमा एक्कासि वृद्धि भएको अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारसम्म अस्पतालहरुमा आएर जाँच गराएर भर्ना भएका बिरामीको सङ्ख्या १२५ नाघेको छ । पछिल्लो समयमा यसको सङ्क्रमण बढेर गएपछि नगरपालिकाको सचेतनामूलक प्रचारप्रसार गरिआएको उहाँले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्