प्रदेश नम्बर १ को मेची अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्न माग

<span class='c1'>प्रदेश नम्बर १ को मेची अस्पताललाई</span> <span class='c2'>मेडिकल कलेजमा स्तरोन्नति गर्न माग</span>

भद्रपुर (झापा)   साउन ३२ ,

प्रदेश १ मा मेची र कोसी दुई वटा अञ्चल अस्पताल छन्। कोसी अस्पताललाई सङ्घीय सरकारले आफ्नो मातहतमा राखेको छ भने मेची अस्पताललाई प्रदेश सरकारको मातहतमा दिएको छ। यससँगै मेचीलाई प्रादेशिक अस्पताल बनाउने छलफल सुरु गरेको छ।  सञ्चालक तथा व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नति गरी मेडिकल कलेज पटक पटक मन्त्री तथा राजनीतिक दलसँग छलफल गरेका छन्। तर यसले मूर्त रुप लिन पाएको छैन। अहिले फेरि त्यस अघि सारिएको छ।  शुक्रवार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा अस्पतालमै प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, पूर्वअध्यक्ष, स्वाथ्यकर्मी, उद्योगी, प्रहरी, प्रशासनसँग अन्तरक्रिया भयो। कार्यक्रममा अस्पताललाई स्तरोन्नति गर्दै मेडिकल कलेज बनाउने सबैले एकवद्धता जाहेर गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मेचीलाई मेडिकल कलेजसहित प्रादेशिक अस्पताल बनाउन सरकार तयार रहेको बताए। ‘मेचीलाई मेडिकल कलेजसहित प्रादेशिक अस्पताल बनाउने विषयमा म आफै अगाडि बढ्ने छु’, मन्त्री कार्कीले भने, ‘यसमा जिल्लाका सङ्घीय तथा प्रदेश सांसद र राजनीतिक दल पनि एकजुट भएर अघि बढ्नु पर्ने हुन्छ।’ मन्त्री कार्कीले ६१ वर्ष पुरानो मेची अस्पतालमा सञ्चालनमा रहेको १३४ बेडलाई बढाएर ३०० बेड बनाउँदै यसलाई मेडिकल कलेज बनाउने प्रदेश सरकारको दायित्वमा पर्ने बताएका छन्। थाहाखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्