हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता कारागार चलान

<span class='c1'>हतियारसहित पक्राउ परेका विप्लव</span> <span class='c2'>कार्यकर्ता कारागार चलान</span>

संखुवासभा। असार १७ गते संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा होयङलाबाट पक्राउ परेका विप्लवका कार्यकता ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ कारागार चलान भएका छन्।

असार १७ मा पक्राउ परेका विप्लव कार्यकर्ता दोर्चीलाई केही दिनअघि मात्र  कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ। प्रहरीले दोर्जीको साथबाट आधुनिक हतियार एसएलआर र ठूलो परिणाम गोलीसमेत फेला पारेको थियो। दोर्चीलाई हातहतियार मुद्दाबाट संगठित अपराधमा पटक–पटक म्याद थप गरेर हिरासदमा राखिएको थियो। एक कार्यकर्ता छुटे असार १६ गते सिलिचोङ गोलीकाण्ड भएको भोलिपल्ट असार १७ गते घटनास्थल नजिकैको गाउँबाट पक्राउ परेका  विप्लवका कार्यकर्ता चैनपुर नगरपालिका–१० का सन्जन अधिकारीलाई साधारण तारिखमा रिहा गरेको जिल्ला अदालत चैनपुरले जनाएको छ।

असार १७ गते पक्राउ परेका सन्जनलाई २५ दिनपछि अदालत लगेको थियो। प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय खाँदबारीबाट पटक–पटक म्याद थप्दै प्रहरी हिरासदमा राख्दै आएको थियो। प्रहरीले १७ वर्षीय सन्जनलाई असार १७ गते पक्राउ गरेको भए पनि असार २० गते मात्र सदरमुकाम खाँदबारी ल्याएको थियो। प्रहरीले उनलाई अभद्र व्यवहार गरेको मृद्दामा हिरासदमा राखिरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्