मन्त्री भट्टराईद्वारा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन

<span class='c1'>मन्त्री भट्टराईद्वारा निर्माणाधीन</span> <span class='c2'>सुकिलुम्बा विमानस्थलको अनुगमन</span>

इलाम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् ।

बुधबार गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उनले विमानस्थलको अनुगमन गरेका हुन् ।अनुगमनपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल आवश्यक्ता भएर नै सुरु गरिएकाले समयमै सम्पन्न हुने बताए ।

१५ महिनाको ठेक्का सुरु भइसकेको बताउँदै उनले त्योभन्दाअगाडि नै काम सम्पन्न गर्ने दाबीसमेत गरे ।मन्त्री भट्टराईले पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै अब निराश नबन्न स्थानीयलाई आग्रह गरे । इलाम नगरपालिका–९, गोलाखर्क भञ्ज्याङनजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक परीक्षण उडान भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्