कविता : छोडिन्न बित्ताभर देश-माटो – रामशरण न्यौपाने

<span class='c1'>कविता : छोडिन्न बित्ताभर</span> <span class='c2'>देश-माटो – रामशरण न्यौपाने</span>

छोडिन्न बित्ताभर देश-माटो
(कविता-छन्द:उपजाति)
हडप्छ माटो जुन भै अटेरी
रहन्छ को मानव टुल्लहेरी
भाला खुँडा औ तरबार घेरी
उध्याउने हो हतियार फेरि॥१

छ लिम्पिया हेर धुरा पहाडी
सीमा छ काली बहदैछ बाढी
हो देश नेपाल दिइन्न छाडी
नहेर भो दुस्मन नेत्र गाडी॥२
'
दाता भए शंकर जो विधाता
असीम हाम्रो लिपुमा छ नाता
नचाल पापी जन फेर्न खाता
लिएर नागास्र कसिन्छ पाता॥३

पुर्खाहरुको इतिहास साक्षी
राखेर जागौँ नबनेर लाछी
पाटो हडप्नेकन शीघ्रआँटी
खेदौँ लघारौँ पकडेर घाँटी॥४

फोरी सिमाना घनघोर घाती
पसेछ त्यो पागल क्रूर हात्ती
को बस्छ नामर्द बनेर साथी
खेदौँ थुती अङ्कुसले समाती॥५

पौँची सिमानातक खोल्न बाटो
लाऔँ न पर्खाल र बार साटो
जो वीरको पौरखको छ पाटो
छोडिन्न बित्ताभर देश-माटो॥६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्