Admin_OB

प्रदेश नं २ का मन्त्रिले सप्तरीमा तीन थानमा डुङ्गा उपलब्ध गराए

राजविराज, साउन १५ गते । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरीको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा तीन थानमा डुङ्गा उपलब्ध गराउनु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा प्रत्येक वर्ष बाढी आएको बेला आवागमनमा समस्या रहेकाले स्थानीयवासी. . .


बिराटनगरमा अर्थशास्त्रको पाठशाला , अध्यक्षमा विजय दाहाल

बिराटनगर साउन १५ , बिराटनगरमा अर्थशास्त्रको क्षेत्रमा काम गर्दै आएको अर्थशास्त्रको पाठशाला पुन सक्रिय हुने भएको छ । अर्थशास्त्रको पाठशाला बिराटनगरमा अध्यक्षमा  विजय दाहाल चयन भएका छन् । समितिको उपाध्यक्षमा तुलसी खतिवडा , सचिब आर सि कोइराला , सह सचिब राजेन्द्र पोखरेल , कोषाध्यक्षमा टेकेन्द्र क्षेत्�. . .


साउन १५ मा खीर खानुको महत्व यस्तो रहेको छ !

काठमाडौं साउन १५ । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली सम. . .


भारतमा मुसलमान समुदायको ‘तीन तलाक’ अभ्यास अपराध ठहर

काठमाडौं साउन १५ । भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ । लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ । योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको प�. . .


बालबालिकालाई मोबाइल दिँदै नदिऊ , उमेर हद १२ बर्ष !

बीबीसी । १२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइललगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको बीबी�. . .


आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

काठमाडौँ, साउन १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताउनुभएको छ । उहाँले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास�. . .


मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौँ, साउन १४ गते । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली वि�. . .


प्रदेश नं १ : वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर, साउन १४ गते । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८।१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका. . .


क्लब डेजाभुका फरार सञ्चालक ठगी कसुरमा पक्राउ

काठमाण्डौ १४ साउन । बैंकिङ ठगी कसुरमा फरार रहेका मनोज श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डौको दरमार्गमा रहेको डेजाभु क्लबका सञ्चालकसमेत रहेका श्रेष्ठलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ड्रागन एअरलाइन्समार्फत हङकङबाट काठमाण्डौ आउँदै गरेको सूचना पाएपछ�. . .


विहानै कुखुराको भालेले बासेर छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना

नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ । बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भ�. . .


विराटनगरको एक घरबाट १३ लाख ५० हजार चोरी गर्ने एक युवा समातिए

विराटनगर, साउन १४ गते । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।   एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार र�. . .


मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि , देशभर तीन हजार ३५७ मुद्दा दर्ता

काठमाडौँ, साउन १४ गते । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्�. . .