विराटनगर, साउन १४ गते । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार र�. . .
काठमाडौँ, साउन १४ गते । मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५÷७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो । आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्�. . .
एजेन्सी पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनको प्रतिष्ठित ‘मार्सा लिजेन्ड अवार्ड’ प्रदान गरिएको छ । सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई यस अवार्ड प्रदान गरिएको हो । स्पेनको चर्चित पत्रिका मार्काले उत्कृष्ट खेलाडीलाई यस अवार्डबाट सम्मान गर्ने गर्दछ । इटालियन क्लब �. . .
काठमाडौं साउन १४ । गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले आज देशभर मनाउँदै छन् । साउन कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर�. . .
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत वैशाखमा लिएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । बोर्डले गत वर्षबाटै ग्रेडिङमा नतिजा सार्वजनिक गर्न थालेको हो । यस वर्ष पनि ग्रेडिङमा नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार नियमिततर्फ परीक्षामा सहभागी दु�. . .
लमही, साउन १४ गते । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुनुहुन्छ । उहाँ दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा हुनुहुन्छ । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन�. . .
बिराटनगर साउन १३ , बिराटनगरमा राधाकृष्ण रथ यात्राको दिन सार्वजनिक विदा दिईने भएको छ । भदौ ७ गते निस्कने उक्त रथयात्रामा बिराटनगर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बिराटनगरको १९ वटै वडामा बिदा लागु हुने बिराटनगरका मेयर भिम पराजुलीले जानकारी दिए । कृष्णजन्माषटमीको भोलिपल्ट निस्�. . .
-केदार कटुवाल उदयपुर साउन १३। सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दुई महिनादेखि बन्द हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गत जेठ २० गतेदेखि सिमेन्ट उत्पादन नहुँदा उद्योगलाई ५० करोडभन्दा बढी नोक्सानी भइसकेको छ । विद्युत् भोल्टेजको गडबढीले हाइटेन्सन जिबीएफ फ्यान मोटरमा क्षति . . .
विराटनगर, १३ साउन । मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिम टोलमा पोखरीमा डुबेर १५ महिनाका नाबालकको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा डुबेर शिवकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा छाडेर अभिभावक काम गर्न खेतमा गएका बेला हिजो नाबालक घरैबाट बेपत्ता बनेका थिए । खेतबाट फर्किएर खोजतलास गर्ने क्. . .
कैलाली १३ साउन । कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् । कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका(५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घा�. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १३ गते । सप्तरीका किसान रासायनिक मलको अभावले मारमा परेको छन् । बजारमा मल नपाउँदा मल बिना नै धान रोपाइँ गर्न बाध्य छन । निर्धारित मूल्यको डेढ गुणामा बजारमा रासायनिक मल खुलेयाम बिक्री भइरहेको छ । धान रोपाइँका लागि चाहिने डिएपी मलको मुख्य बिक्रेता कृषि सामग्री कम्प�. . .
लहान, साउन १३ गते । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै दाज�. . .