ओबी

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदैछ । साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ । लोकसभाको. . .


जसपा सरकारबाट बाहिरिने निश्चित, उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं । सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएको छ । सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिने निश्चित भएको हो । अध्यक्ष यादवले सरकार�. . .


जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

गोदार (धनुषा) । जनकपुरमा सहकारीको रु. ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये . . .


प्रधानमन्त्री दाहालले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्याश

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन् । उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गक�. . .


जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै,सरकारमा सहभागिता बारे निर्णय लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक सोमबार पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । बैठकमा पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सत्ता गठबन्धनबाट बाहिरिनेबारे निणर्य हुने जनाइएको छ । जसपा नेपालबाट पार्टी अ�. . .


कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ । कोशी प्रदेश सभामा ९३ सांसदमध्ये बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ । नेकपा एमाले र नेकपा म�. . .


बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

बागमती । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बैठक बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले बोल्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाए. . .


बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु विजयी भएको छ । आइतबार राति भएको खेलमा बेंग्लुरुले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गर्दै प्लेअफ होडमा आफूलाई कायमै राखेको हो । आइपीएलको यो सिजनमा सुरुआत खास नरहे पनि पछिल्लो समय लगातार पाँच खेलमा जित निकाल्दै बेंग्लुरु प्लेअ�. . .


नोवेल मेडिकल कलेजमा अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइयो

विराटनगर । प्रत्येक वर्ष मे १२ का दिन विश्वभर नै मनाईने अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस नर्सिङ्ग सेवामा आवद्ध सम्पूर्ण नर्सिङ्ग कर्मचारीहरु, नर्सिङ्ग विषयका सबै तहका विद्यार्थीहरुका लागि एक विशेष दिनको रुपमा रहदै आएको छ । यस वर्ष “हाम्रा नर्सहरु । हाम्रो भविष्य । हेरचाहको आर्थिक शक्ति” अर्थात "Our nurses, o. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको भाउ आइतबारको तुलनामा तलमाथि छैन । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलरएकको एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर ४३ रुपैयाँ ५९ पै�. . .


म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो �. . .


विराटनगरमा ब्रोइलर कुखुराको अभाव

विराटनगर । विराटनगरमा ब्रोइलर कुखुराको अभाव हुँदा मूल्यमा उतार चढाव भएको छ । काठमाडौंमा माग बढेपछि पूर्वका किसानले उत्पादन गरेका कुखुरा उता पठाउन थालिएको छ । सप्तरी र चितवनमा उत्पादन भएका कुखुरा पनि काठमाडौं केन्द्रीत भएर पठाउन थालिएको छ । खुल्ला सीमानाका हुँदै भारतबाट भित्रने कुखुरा समेत भारतमा �. . .