आर्थिक

विराटनगर–६ को बेबी आईसक्रिम उद्योगमा अनुगमन, परीक्षणका लागि नमूना संकलन

विराटनगर । विराटनगर–६ स्थित बेबी आईसक्रिम उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरि नमूना संकलन गरेको छ । गत ११ गते विराटनगर–३ स्थित आईस केक तथा आईसक्रिम पार्लरमा उपभोक्ताले खरिद गरेर खाने क्रममा सीमाको टुक्रा फेला परेको विषय सार्वजानिक भएपछि परीक्षणका लागि अनुगमन गरेर नमूना स. . .


दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एव�. . .


विराटनगरमा मंसिर २९ गतेदेखि पुस ६ सम्म विराट एक्स्पो आयोजना

विराटनगर । कृषि, पर्यटन, उद्योग र व्यापारको एकिकृत प्रवद्र्धनका लागि विराटनगरमा आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिने भएको छ । उद्योग संगठन मोरङले सातौं संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको हो । विराटनगर–१४ स्नातककोत्तर क्याम्पसको प्राङ्गणमा रहे. . .


इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्र�. . .


सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोक्दै २०० रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम छ । मंगलबार छापावा�. . .


बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढ्दा व्यवसायी मारमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तक्र्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका. . .


नौरथा लागेपछि नेप्से परिसूचकमा सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५४ अङ्कले उ�. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य मंगलबार पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी मूल्य तोलामा एक हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको म�. . .


सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजामर ८०० जना आवेदकले १० कित्ताका दरले शे�. . .


सुनको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यव�. . .


भारतका गृहमन्त्री अमित साहलाई मीरगञ्ज पुल संचालनका लागि ब्यापार संघको आग्रह

विराटनगर । भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ । बिहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजम. . .


नेप्सेमा २३.८३ अंकको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर . . .