कोशी

प्रदेश १ सरकारका वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन

विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .


विराटगनरका उद्योगी आन्दोलित : बैंकहरु नाफा बढाउँछन्, उद्योगको अवस्था खस्कदो

विराटनगर । बैंकहरुले चर्को ब्याज असुल्ने गरेको आरोपमा विराटनगरका उद्योगी पनि आन्दोलित भएका छन् । देशका अन्य स्थानमा बढ्दो ब्याज विरुद्ध आन्दोलन गरिरहेका उद्योगी जस्तै विराटनगरसहित प्रदेश १ का १४ जिल्लामा मंगलबारबाट आन्दोलन सुरु गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आन्दोलनको पहिलो �. . .


विराटनगरका जमालीको मोवाईल ह्याक : बैंक एकाउन्टमा ‘अट्याक’, डेढ लाख ट्रान्सफर

विराटनगर । ह्वाट्सअपबाट मोवाईल ह्याक गरेर विराटनगरका एक युवाको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर गरिएको छ । विराटनगर महानगरपालिका ६ का ३० वर्षीय दानिस जमालीको मोवाईल ह्याक गरेर अर्कै उनको बैंक एकाउन्टबाट झण्डै ढेड लाख पैसा गायब गरिएको हो । आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्�. . .


मोरङ ४ (ख) का उम्मेदवार जीवन घिमिरे मतदाताको घर पुग्दा छुट्टै उत्साह

विराटनगर । प्रदेशसभा सदस्यमा मोरङ ४ (ख) बाट एमालेका उम्मेदवार जीवन घिमिरे मतदाताको घरमा पुग्दा छुट्टै उत्साह देखिन्छ । निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका घिमिरेलाई मतदाताका घरमा गरिने सम्मान विशेष देखिने गरेको हो । विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोलभेला तथा मतदाता भेट�. . .


दसैँ तिहारमा मात्रै एक करोडको तेह्रथुमे ढाका कपडा बिक्री

म्याङलुङ । दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथ�. . .


असुरक्षित रुप गरिने गर्भपतनलाई निरुत्साहित गरी सुरक्षित बनाउनुपर्छ

विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साही पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभले मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज परिसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउन नदिन सबैलाई . . .


अर्थतन्त्र सुधार्न दलका घोषणापत्रमा के छन् ? के छैनन् ?

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।” चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील क्षेत्रमा घट्दो आन्तरिक तथा बाह्य लगानीलगायतका स. . .


प्रादेशिक आर्थिक पाश्र्वचित्र तीन महिना भित्र प्रकाशन गरिने

विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले आर्थिक पाश्र्वचित्र निर्माण गर्ने भएको छ । महासंघले तीन महिनाभित्र पाश्र्वचित्र निर्माण गरिसक्ने योजना अगाडी सारेको हो । आर्थिक क्षेत्र अन्तरगतका कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने जनाइएको छ । प्रविधि�. . .


निर्वाचन खर्चको अनुगमन सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको �. . .


बन्द हुने अवस्थामा प्रदेश नं १ को जैविक मल उद्योग

पथरी । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटामा चल्दै आएको छ । रु तीन करोड ५० लाख. . .


निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौं । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्व. . .


जीवन आचार्यलाई सहज बनाउन स्वतन्त्र उम्मेदवार दाहालले फिर्ता लिए उम्मेदवारी

विराटनगर । आसन्न प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ (क) बाट स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिएका नविन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले गठबन्धनका उमेदवार जीवन आचार्यको जीतलाई सहज बनाउन उमेदवारी फिर्ता लिएका हुन् । दाहालले कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लाग�. . .