कोशी

सरकारको तानातानले दश महिनापछि संसदीय समिति चयन

विराटनगर । कोशी प्रदेश सभा सरकारको तानातानमा पर्दा दश महिनापछि संसदीय समिति चयन गरेको छ । संसदीय समितिका सदस्य चयन गरिएपछि नेतृत्वको भने टुङ्गो लागिसकेको छैन । बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले ७ वटै संसदीय समितिको गठन गरेको जानकरी दिएकी थिइन् । प्रदेशसभाका ९३ जना सदस्यमध्ये. . .


आकर्षक कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । विराटनगर महानगरपालिका १६ रानीमा रहेको कोसी प्रदेश प्रहरी कार्यालयलाई सौन्दर्यकरण गरेर व्यवस्थित र एवंम आकर्षक बनाइएको छ । प्रदेशका १४ जिल्लाको ‘सुरक्षा कमाण्ड’ सम्हाल्दै आएको कार्यालय परिसर आकर्षक र सुन्दर बनाइएको हो । अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण जिम्मेवा. . .


कोशी प्रदेश : बजेट सम्बन्धी अध्यादेश स्वीकृत

विराटनगर । कोशी प्रदेशसभालले यसअघि सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्�. . .


कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलको नेता उद्धव थापाको राजीनामा अस्वीकार गर्ने

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्विकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका हुन् । संसदीय दलको बैठकमा मुख्यमन्�. . .


कोशी प्रदेशसभामा सभामुख चयन गर्न सांसदको माग

विराटनगर । कोशी प्रदेशसभालाई सभामुखविहीनताको स्थितिमा राख्न नहुने भन्दै सांसदहरुले तत्काल प्रक्रिया बढाउन माग गरेका छन् । लामो समयदेखि रिक्त रहेको सभामुख चाँडै परिपुर्ती गर्नुपर्ने भन्दै सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले माग गरेका हुन् । प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसदहरु मैया श्रेठल�. . .


भूकम्प पीडितलाई राहत पठाउँदै विराटनगरका उद्योगी

विराटनगर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि विराटनगरका उद्योगीले समेत राहत रकम पठाउन थालेका छन् । गत कातिक १७ गते रातीको भूकम्पबाट प्रभावित नागरिकलाई तत्काल राहतस्वरुप सहयोग रकम उपलब्ध गराउन थालिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले एकलाख २१ हजार १११ रुपिँया राह. . .


एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने

विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ । एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेकाे बताए । दलकाे बैठकमा बाेल्ने सा. . .


बन्दैछ, भत्कदैछ कोशी राजमार्ग

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक २०६९÷२०७० देखि सुरु भएको थियो । रानी–धरान ४९ किलोमिटर छलेन सडकको डीपीआर भएकोमध्ये ठेक्का व्यवस्थापन भएको ४२ किलोमिटर दुरीमध्ये सुनसरीको दुहबी बजार क्षेत्रको ६३० म�. . .


विराटनगर–४ का दिलिप सुवेदी झापाको सुरुङ्गास्थित टेलिकम अफिसबाटै ५१ दिनदेखि वेपत्ता

विराटनगर । गत भदौ ३० गते शनिबार बिहानदेखि विराटनगर–४ राजबंशी चौक घर भई झापा सुरुङ्गास्थित नेपाल टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी वेपत्ता बनेका छन् । छैंटौं तहका लेखा अधिकृत सुवेदी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा समेत थिए । २०७९ फागुनदेखि उनी सुरुङ्गामा हाँजिर भएका हुन् �. . .


भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश  सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी  एक  करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश वि�. . .


कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो

विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .


कोशी प्रदेशमा सरकार विस्तारको तयारी

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत असोज २८ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आज (शुक्रबार) साँझसम्ममा मुख्यमन्त्री कार्कीले नियुक्त गरेका मुन्त्रीको सपथ रहेको स्रोतल. . .