खेलकुद

एसइई कपको उपाधि सुनसरीको सहिद स्मृती स्कुललाई

विराटनगर । एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको तरहरास्थित सहिद स्मृती आवासीय माविले जितेको छ। पोखरिया युथ केयर एकेडेमीको आयोजनामा विराटनगरको सहिद मैदानमा बुधबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको पोखरीया स्कुललाई १–० गोलले हराउँदै सहिद स्मृति स्कुलले उ�. . .


क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, विश्वकप समिक्षा मुख्य एजेण्डा

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी बैठक आह्वान गरिएको हो । बैठकमा झण्डै एक दर्जन बढी एजेन्डाहरु तय गरिएका छन् । नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आइसीस. . .


विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

काठमाडौं । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ । बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि बीसीसीआईले चार्ट�. . .


काभा यु-२० महिला भलिबल टोलीको घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय खेलाडी टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १-१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जनाएका छन�. . .


कोपा अमेरिका फुटबल : ब्राजिल क्वाटरफाइनलमा

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ । क्यालिफोर्नियामा भएको. . .


प्रदेश स्तरीय कबड्डीमा सुनसरी अगाडि

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समा. . .


टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे । जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गो. . .


फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनमा

काठमाडौं । फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भे�. . .


मोरङको बुढीगंगामा प्रदेश स्तरीय कबड्डी प्रतियोगिता सुरु

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझ. . .


विश्वकप जित्ने भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० �. . .


स्पेन र इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेन र इंग्ल्याण्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको राउन्ड अफ सिक्सटीनको खेलमा जर्जियाविरुद्ध ४–१ गोलको जित दर्ता गर्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले एक एक गोल गरे । १८ औं मिनेट�. . .


भेनेजुएला कोपा अमेरिकाको अन्तिम ८ मा

काठमाडौं । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार विहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बरबारी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो । भेनेजुएलालाई एडवार. . .