विशेष

नेतृत्वविहीन कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । जनतालाई दिइएको अपेक्षा र प्रतिवद्धताका साथ निर्वाचन जितेर आएका जनप्रतिनिधि सत्ता स्वार्थमा डुब्दा यतिबेला कोशी प्रदेशसभा नेतृत्वविहीन बनेको छ । जनतका समस्यालाई सम्बोधन गर्ने मुख्य थलो नै नेतृत्वविहीन अर्थात सभामुखविहीन हुँदा जनताका समस्या कहाँ र कसरी राख्ने भन्ने प्रश्न . . .


सङ्घीय संसद् : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आफ्नै अडानमा रहँदा सङ्घीय संसद्को दुवै सदनका बैठक प्रभावित हुँदै आएका छन् । सत्तापक्�. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्

किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककन�. . .


डेङ्गुको सङ्क्रमण बढ्दै, १० हजार नाघ्यो

काठमाडौं । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगाता. . .


पाँच छात्रामाथि यौन दुर्व्यवहार आरोप लागेका जहदाका शिक्षक धरौटीमा छुटे

विराटनगर । पाँच जना छात्रालाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षक धरौटीमा छुटेका छन् । मोरङको जहदा गाउँपालिकास्थित जनप्रिय आधरभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका हुन् । मोरङ अदालतका न्यायाधीश राजेशश्वर आर्यालयको इजालशले १ लाख रुपैयाँ धरौटीमा छोडन मंगलबार आ�. . .


बर्जुमा एक युवामाथि कुटपिट भएको गुनासो

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा एक युवामाथि कुटपिट भएको छ । बर्जु गाउँपालिका–६ स्थित बर्जु ताल भित्र निर्माण भएको मन्दिरसम्म पुग्ने बाटोको ढलान चर्किएको विषय सामाजिक सञ्जालमा सार्वजानिक गरेको भन्दै सन्नीकुमार चौधरीमाथि कुटपिट भएको हो । चौधरीले बर्जु ताल भित्रको मन्दिरसम्म पुग्ने बाटो नि�. . .


विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि धरान ल्याइदै

विराटनगर । सिराहको मिर्चैयामा मृत फेला परेका विराटनगरका सिद्धान्त भट्टराईको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइदै छ । विराटनगर १० घर भएका २५ वर्षीय भट्टराई सिराहाको मिर्चैयामा सम्भु होटलको पछाडि बुधबार बिहान मृत फेला परेका थिए । पाथीभरा कापी उद्योग सञ्चाल. . .


मन्त्री डिगबहादुर लिम्बु भन्छन्– विराटनगर क्रिकेट रंगशालालाइ डिपीआर सकिएपछि दुई अर्ब ल्याउँछु

विराटनगर । विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको लागि अहिले तीन करोडको बजेट बिनियोजन भएपनि डिपीआर सकिएपछि दुई अर्बको लागतमा दुई बर्षभित्रमा अत्याधुनिक रंगशाला निर्माण हुने यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन । पूर्व प्रधानमन्त्री तथा प्रजातान्त�. . .


५२ वर्षपछि फेरिन लागेको विद्यालय शिक्षा कानुनमा असहमति जनाउँदै भदौ १ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा

विराटनगर । ५२ वर्षअघि जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षासम्बन्धी हालसम्मका कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अघि बढाएको छ। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट प. . .


झापामै फल्यो दश हजार मेट्रिक टन सुपारी

झापा । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ। धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दू धर्ममा सुपारीको दानालाई गणेशका रुपमा पूजा गरिने चलन छ । यसको दानालाई . . .


जिल्ला कारागार सङ्खुवासभामा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

किमाथाङ्का । जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । सो घटनाको छानबिन गर्न सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भ. . .


अझै केही दिन वर्षा हुने

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान म�. . .