अन्तराष्ट्रिय

खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्ष�. . .


दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना पुष्टी

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती सङ्क्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी सङ्क्रमितको सङ्ख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना सङ्क्रमित पाइएका थिए । यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी सङ्क्रमित �. . .


रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त राखेको हो । युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात�. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दश हजारभन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजारभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या लामो समयपछिको सबैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुँदै गएको स. . .


इन्डोनेसियामा भूकम्पबाट ७ को मृत्यु, ८५ घाइते

शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । सुमात्रा क्षेत्रमा आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए । शुक्रबारको भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ । यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक. . .


ऊर्जा सङ्कट झन् बढ्दै गएपछि श्रीलङ्कामा इन्धनको मूल्य वृद्धि

श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ । बजारको एकतिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डिजलको म. . .


भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भ�. . .


इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्द�. . .


रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धको घोषणा

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरुको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । रुसले गर्नसक्ने सूचना प्रविधिको अद्�. . .


युक्रेनमाथि रसियाले थाल्यो आक्रमण, रसियाली कदमको चौतर्फी विरोध

काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको छ । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ. . .


ब्राजिलमा केही दिनदेखि जारी वर्षाका कारण पहिरोमा परेर २०४ मृत्यु

ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ �. . .


युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो ।युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५�. . .