उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण गरिएको पनि उत्तर कोरियाले जानकारी गराएको हो । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले मंगलबार प्र�. . .
बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उहाँहरुको उपचार भइरहेको उ�. . .
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्. . .
ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षा जारी रहेपछि त्यहाँ पहिरो गएको छ । पहिरोमा परी एकै परिवारका एक दम्पत्ती र उनीहरु. . .
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा . . .
विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ । . . .
इजिप्टमा राजधानी कायरो नजिकै २४ यात्रुसहितको ट्रक नाइल नदीमा खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य आठ जना अझै बेपत्ता छन् । दुर्घटना सोमबार साँझ गिजा प्रान्तको मोनशात अल-कानाटर जिल्लाको एउटा गाउँमा भएको थियो। बालबालिकासहित यात्रुहरू काम गरिरहेको खेतबाट फर्कने क्रममा ट्रकमा यात्रा गरेको ब. . .
जापानी प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प. . .
मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित हुनुभएको छ । उहाँ अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनी�. . .
जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । देशव्यापी खो�. . .
युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको सासोलीका . . .
बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सा�. . .