अन्तराष्ट्रिय खबर

भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी | भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । कर्नाटक प्रहरीका अनुसार ७२ जना बिरामीलाई अस्पताल भर्ना गरिएको छ भने ११ जनाको अवस्था गम्भीर छ । फ्यांकिएको प्रसाद सेवन गरेका काग समेत मरेको प्रहरीले जनाएको छ । प्रसाद ग्रहण गरे लगत्तै पेट दुख्ने र बान्ता हुन सु�. . .


अमेरिका लगायत चार देशमा ‘ईमेल बम’ को आतंक, के हो ‘ईमेल बम’ ?

वाशिङटन । अमेरिका र क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका दर्जनौं बिजनेश प्रतिष्ठान, सञ्चार माध्यम  तथा स्कुललाई इमेल पठाएर उनीहरुको कार्यालयमा बम पठाइएको र कार्यालय रहेको भवन खाली गर्न धम्की दिइएपछि आतंक फैलिएको छ । त्यस खालका धम्कीहरु अमेरिकाका सान फ्रान्सिस्को, न्यूयोर्क, सियाटल, मियामी, वाशिङट. . .


थाइल्याण्डमा राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा

बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको सेनाको सरकारले राजनीतिक पार्टीहरूमाथि चुनावी अभियानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आगामी फेब्रुअरी २४ मा हुन गइरहेको निर्वाचनअघि यस्तो निर्णय आएको हो । ४ वर्षअघि थाइल्याण्डको सेनाले निर्वाचित सरकारलाई हटाउँदै ‘कू’ गरेको थियो । सेनाले थाइल्याण्. . .


भारतमा मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भारत, मङ्सिर २५ गते । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिज�. . .


भारतमा एक नेपाली नगद र हतियारसहित पक्राउ

मोतिहारी । भारतीय प्रहरीले पूर्वी चम्पारण जिल्लाको चिराइया गाउँबाट नगद र हतियारसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिक्रहनाका  डिपुटी प्रहरी सुपरीटेन्डेन्ट आलोककुमार सिंहका अनुसार रामआधार साह कानु नामका ती नेपाली नागरिक १४ लाख नगद, एउटा पेस्तोल र चक्कुसहित पक्राउ परेका हुन् । उनी नेपालक�. . .


प्रियंकाले निकलाई धोकामा विवाह गरेको भन्दै लेख छापेपछि…

एजेन्सी ।  अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्‍यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए । अमे. . .


नयाँ दिल्लीमा शिक्षकले गालीगलौज गरेको भन्दै एक छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रा�. . .


प्रियंका चोपडाले विवाह समारोहमा लगाइन् ७५ फुट लामो गाउन !

एजेन्सी- पहिला हिन्दु संस्कार अनुसार अमेरिकी पपस्टार निक जोनससँग विवाह बन्‍धनमा बाँधिएकी भारतीय नायिका प्रियंका चोपडाले इसाइ संस्कृति अनुसार पनि विवाह गरेकी छिन्। उनल विवाह समारोहमा ७५ फुट लामो वेडिङ गाउन लगाएकी छिन्। प्रियंकाले आफ्‍नो सामाजिक सञ्‍जाल इस्टाग्राममा एउटा भिडियो राखेकी छिन्। जसमा उ. . .


भारतका ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपाली आश्रम परिसरबाटै बेपत्ता

नयाँ दिल्ली, मंसिर १९ । भारतको नयाँ दिल्लीस्थित ‘रेड लाइट’ एरियाबाट उद्धार गरिएका ८ नेपालीसहित ९ युवती एउटा आश्रम परिसरबाटै बेपत्ता भएका छन् । दिलशाद गार्डनस्थित संस्कार आश्रममा राखिएका उनीहरु केही दिनअघि आश्रमबाटै बेपत्ता भएको जनाइएको छ । रातको समयमा उनीहरु आश्रमबाट बेपत्ता भएका हुन् । दिल्ली प�. . .


सम्पति बेचेर संसार घुम्ने जोडी, एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि

एजेन्सी ।  प्रायजसो व्यक्ति अवकास जीवनपछि घरमै आराम गर्न चाहन्छन्।तर एक वृद्ध जोडी भने भएभरको सम्पति बेचेर संसार डुलिरहेको छ।यो जोडी एक हप्ता वा एक महिना वा एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि निस्केको हो। अमेरिकाको सेटालमा बस्ने ६२ वर्षीया डेवी र ७२ वर्षीय माइकलको जोडीले २५० सहरको भ्रमण ग�. . .


रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

काठमाडौं, १६ म‌िङ्सिर । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् ।  जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो ।  ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्सम. . .


६ महिनाको यात्रापछि नासाको अन्तरिक्षयान मंगल ग्रहमा अवतरण गर्दै

एजेन्सी । नासाको अन्तरिक्षयान इन्साइटले ६ महिनाको लामो यात्रापछि मंगल ग्रहमा ऐतिहासिक अवतरण गर्ने भएको बताइएको छ । वैज्ञानिकहरु यसै दिनको पर्खाइमा महिनौँदेखि उत्साहित र चिन्तित रहँदै आएको सीएनएनले जनाएको छ । यसरी छ वर्षपछि नासाले पहिलोपटक मंगल ग्रह अवतरणको पुनः प्रयास गरेको हो । इन्साइटका प्रमुख �. . .